भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

प्रकाशित मिति: September 13, 2017 3:20 pm

काठमाडौँ – मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । एकाउन्न रनको विजयी लक्ष्य नेपालले ८।३ ओभरमा प्राप्त गर्यो । नेपालका लागि आसिफ शेखले अविजित २३ रन, सन्दिप सुनारले २१ तथा अनिल साहले अविजित चार रन बनाए । बलिङतर्फ भुटानका छिरिङ पेन्जोरले एक विकेट लिए ।

भुटानलाई ५० रनमा समेटने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै २३ रन दिए । सन्दिप लामिछानेले चार विकेट लिए । उनले सात ओभरमा तीन मेडन राख्दै मात्र ७ रन खर्चे । ब्याटिङतर्फ भुटानका टासी फुन्सोले १६ र उर्गेन दोर्जीले १३ रन बनाए ।

नेपालले बिहीबार सिंगापुर विरुद्ध खेल्नेछ ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif