धादिङमा साहित्य र संस्कृति कार्यक्रम सम्पन्न

प्रकाशित मिति: September 19, 2017 1:55 pm

धादिङ । धादिङबेसीमा दुई दिवसीय साहित्य र संस्कृति विषयक विचार गोष्ठी एवम्् सम्पदा अवलोकन सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र स्रष्टा प्रतिष्ठान नेपाल धादिङ शाखाको संयोजनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै ‘सप्रने’ केन्द्रीय अध्यक्ष एवं कार्यक्रम संयोजक कवि अमृता स्मृतिले धादिङ जिल्ला धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्व बोकेको जिल्ला भएको बताउदै कार्यक्रमको उदेश्य र विषयवस्तुमाथि प्रकाश पार्दै धादिङको नामाकरण कसरी रह्यो एवं धादिङको सांस्कृतिक धार्मिक महत्व बारे प्रष्ट पारिन् ।

पौराणिक किम्बदन्ती अनुसार धादिङको नामाकरणमा धेरै तरिकाले गरिएको पाइन्छ । धादिङ शब्द चेपाङ भाषामा ‘धा’ भनेको देवता र ‘दिङ’ भनेको ज्वाला हो । धादिङको ज्वालामुखी गाउँपालिकामा ज्वालामसखी मन्दिर रहेकाले यसरी नामाकरण गरिएको भनिन्छ भने अर्को भनाइ अनुसार ‘धा’ भनेको धात्री गौरी र ‘दिङ’ भनेको सम्पूर्ण दिङ्नागका अधिपति शङ्कर भन्ने हुन्छ । यो भूमि गौरीशङ्करको निवास हिमालअन्तर्गत गणेश क्रीडास्थल गणेश हिमालको काखमा रहेकाले यसलाई धादिङ भनिएको हो । तामाङ भाषामा दा भनेको घोचा र दिम भनेको घर हो । यस जिल्लाका भुभागमा पहिले पहिले उच्च लेकाली र पहाडी भागमा घोचाले बेरेको घर थियो र यसै आधारमा घोचाको घर धादिम भन्ने शब्दको ध्वनीपरिवर्तन भएर धादिङ भएको हो भन्ने भनाइ छ । पछि यसलाई रामशाहले पनि धादिङ गडी भनेर नामारण गरेको पाइन्छ ।

कार्यक्रममा ‘सप्रने’ धादिङ शाखाका अध्यक्ष हरिशरण अर्यालले स्वागत तथा धन्यवाद मन्तव्य राखेका थिए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति संस्कृति विद् डा।विष्णुविभु घिमिरेले कार्यक्रमको पहिलो दिन धादिङको संस्कृति र संस्कृतिको मानव जीवनमा प्रभावलाई प्रष्ट्याउँदै स्मृतिलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको पहिलो दिनमा दुई कार्यपत्र प्रस्तुत गरियो भने दोस्रो दिन धादिङ जिल्लामा रहेको केही धार्मिक सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेका सम्पदाहरु अवलोकन गरियो । कार्यक्रमको दोस्रो दिन २ दर्जन भन्दा बढी स्रष्टाले रचना वाचन गरेका थिए ।

सोही कार्यक्रमा अवधिमै कार्यक्रममा धादिङको धार्मिक, सांस्कृति र पुरातात्विक इतिहास मन्दिर मठ, गुब्बा गढी चैत्य, पुरातात्विक प्रचलित भाँडाकुडीको अध्ययन अनुसन्धान, धार्मिक आस्थाको संस्कृतिमा विशेषत महादेवस्थान, देवीस्थान, गणेस्थान, भीमसेनस्था, बौद्ध गुम्बा आदिको बारेमा प्रस्तुत गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif