“पाँचखाल” कृषि नगरि मात्रै कि पर्यटन हव ?

प्रकाशित मिति: September 21, 2017 7:51 am

– विजय अधिकारी

मेरो जन्मघर पाँचखाल नगरपालिका वार्ड नंवर २ ज्यामिरकोट , पाँचखाल भ्यु टावर तथा पार्क निर्माण गरि यहाँ बाट मनोरम हिमशृङ्खलाको दृष्यावलोकन गराई आन्तरिक तथा वाह्य पर्यटनका निम्ति तथा समग्र पाँचखाल नगरपालिकाको पर्यटकिय गन्तव्यमा रुपान्तरण हुन सक्ने प्रचुर सम्भावनाको उद्गमस्थल ।

पाँचखाल कृषि नगरि मात्रै हैन, यो त धार्मिक पर्यटनको जननी हो । पलाञ्चोक भगवती मन्दिर दर्शन गर्न देशविदेशबाट मानिशहरुको भिड लाग्ने यो नगरपालिकाले समान महत्वको सतिदेविको अंग पतन भएको गुप्तेश्वर तथा दुग्धेश्वर महादेव मन्दिरको पनि उत्तिकै प्रवर्दन गर्न सक्नुपर्छ ताकि पलाञ्चोक आउनेहरु गुप्तेश्वर महादेव र दुग्धेश्वर महादेवको दर्शन गरि उकालो लागि तामशालिङ गुम्बा तथा धनलक्ष्मि देविको दर्शन पश्चात् मनोरम हिमश्रृंखलाको भरपुर मज्जा लिन सकुन । त्यसपछि (प्रस्तावित) पाँचखाल भ्यु टावर तथा पर्यटकिय पार्क (ज्यामिरकोटमा केही समयको शान्तिपूर्ण बसाई पश्चात्) सरर अनैकोट भ्यु टावर हुँदै बनेपा या त पाँचखाल खाल्डोमा पुनः झरि हनुमानगढि हुँदै खावाका रिसोर्ट तथा लजहरुमा रात विताउन सकुन । त्यस्तै धनलक्ष्मि मन्दिर (भक्रमथुम्का) विषेश महत्त्वको धार्मिक पर्यटकिय स्थल (देविस्थान) प्रवर्द्धन तथा संरक्षण , प्रस्तावित तामशालिङ गुम्बा निर्माण हुने हो भने पाचँखाल – २ को ग्रामीण वस्तिले कायापलट गर्नेछ सयौंको संख्यामा रोजगारीका अवशरहरु खडा हुनेछन , धार्मिक पर्यटनको माध्यम बाट तिव्वत सँग हुने बुद्धचित्तमाला को कारोवार पाँचखालबाट नै व्यवसायीक रुपमा गर्न सकिन्छ । तर तामशालिङ गुम्बालाई निर्माणमा विशेष महत्त्व र पहलकदमी हुन जरुरि छ । बौद्ध धर्मावलम्विहरु बहुल यो ठाउँमा गुम्बा निर्माण गराउनेतर्फ नगरपालिकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

मैले उल्लेखित विषयहरुको उजागर गर्नुमा आर्को महत्त्वपूर्ण रहस्य के छ भने कृषि नगरि पाँचखाल खाल्डो सँग अन्योन्याश्रीत सम्बन्ध भएका यी भुगोलहरुमा यदि सहज यातायातका पुर्वाधार तयार गर्ने हो भने खेतीयोग्य जमिनमा बढ्दो अव्यवस्थित शहरिकरण तथा घरहरुको चापमा कमि आउनेछ र यसले नगरलाई शुन्दर सफा हराभरा बनाउदै व्यवस्थित सहरिकरणको खाका तयार पारि कार्यान्वयनमा विशेष भुमिका खेल्नेछ ।

पाँचखाल देखि पलाञ्चोक सम्म केवुलकारमा सरर दर्शन र तत्पश्चात पलाञ्चोक बाट प्याराग्लाईडिङ गराउन सकिने आर्को पर्यटकिय सम्भावना हामी सँग जिवितै छ । सँगसँगै पलाञ्चोक देखि कोशिदेखा हुँदै दोलालघाट सम्मको यात्रा पश्चात् दोलालघाटको माछा तथा र्याफ्टिङको व्यापार गरि आन्तरिक तथा वाह्य पर्यटनमा पाँचखालले निकै ठूलो फड्को मार्न सक्छ । अध्ययन अनुसन्धान तथा यसका निम्ति ठोस गृहकार्य हुन जरुरि देखिन्छ । पाँचखालको पर्यटनमा आर्को सम्भावनाको खोजि हुन नसकेको विषय पाँचखाल टु नगरकोट हाईकिङ तथा ट्रेकिङ पनि हो । जस्को प्रचुर सम्भाव्यता रहेको छ ।

विकाशको प्रथम सर्त सहज यातायात पहुँच तथा यातायात संजालका लागि माथि उल्लेखित भुभागमा ५ बर्षभित्र गरिसक्नुपर्ने कालोपत्रे हो । यसका निम्ति पाँचखालका मेयरले, आम नागरिक वुद्दिजिवि पेषाकर्मि तथा सम्पूर्ण शुभचिन्तक तथा यहाँको भुगोललाई माया गर्ने तमाम देशविदेशमा रहने महानुभाजहरुले विशेष पहलकदमि थाल्ने हो भने पाँचखाल कृषि नगरि मात्रै हैन पर्यटनको हव पनि हो भनेर आफ्नो दर्विलो दावेदारि प्रस्तुत गर्नेमा दुई मत छैन ।

विडम्बनापूर्ण तथ्य सहज यातायात पहुँच तथा स्थानीय राजनीतिक दलको कम चासोमा परेको यो (ज्यामिरकोटको) भुभाग हाईवे बाट ३–४ किमि दुरिमा रहदाँ पनि वत्ति मुनिको अध्याँरोमा रहिरहेको छ । पाँचखाल नगरपालिकाले भविष्यमा यहाँको पर्यटनको राम्रो प्रवर्दन गर्न सकेमा केही हद आर्थिक रुपमा फड्को मार्ने निश्चित छ ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif