शिक्षा ऐनले युवालाई नयाँ ढोका खोलेको छ : शिक्षा राज्यमन्त्री

प्रकाशित मिति: September 24, 2017 12:58 pm

असोज ८, चितवन – शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि ढोका खोलेको बताएका छन् ।

आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ऐनले कसैलाई अन्याय नगरेको जिकिर गर्दै दक्षता नभएकाहरु परीक्षाबाट छाँटिने स्पष्ट गरे । अधिकारीले भने, “परीक्षामा ४० नम्बर नल्याए गोल्डेन हेनसेकमार्फत अस्थायी शिक्षक बाहिरिन्छन्, लामो समय सेवा गरेपछि स्थायीले पेन्सन पाउने भए पनि अस्थायीलाई गोल्डेन ह्यान्डसेक दिइनेछ ।”

नेपालमा २६ हजारको हाराहारीमा अस्थायी शिक्षक छन् । स्थायी हुँदा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत नयाँले अवसर पाउने उनले बताए । करिब १९ हजार नयाँले अवसर पाउने उनको भनाइ थियो ।

यसअघि नै १० हजार ५०० ले गोल्डेन ह्यान्डसेकका लागि फाराम भरिसकेकाले मानसिक रुपमा उनीहरु छाड्ने तयारीमा रहेको उनले बताए । यससँगै हरेक वर्ष शिक्षक सेवा आयोगले परीक्षा लिएर नयाँ शिक्षक नियुक्ति गर्दै जाने पनि उनले बताए । शिक्षा सेवा आयोगले तत्काल प्रक्रिया अगाडि बढाउने बताउँदै उनले दशैं र तिहारका बीचमा परीक्षासमेत गर्ने तयारीमा आयोग लागेको जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif