साहित्य चौतारीबाट राष्ट्रकवि अभिनन्दित

प्रकाशित मिति: October 5, 2017 4:49 pm

असोज १९ काठमाडौँ – साहित्य चौतारी (झापा) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज अभिनन्दन ग¥यो ।

राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निवासमा पुगेर सो संस्थाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ सहितका साहित्यकारले अभिनन्दन गर्नुभएको हो । कवि घिमिरेको ९९औँ जन्म वर्ष र विजयादशमीको कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजित कार्यक्रममा उनले उपस्थित स्रष्टा र सञ्चारकर्मीलाई टीका लगाई आशीर्वाद दिएका थिए ।

राष्ट्रकवि घिमिरेले टाढादेखि साथीहरु आएर पूर्णिमाको दिनमा यस्तो कार्यक्रम राखेकामा आफ्नो आँगन मंगल भएको र आफू रोमाञ्चित भएको बताए ।

कार्यक्रममा राष्ट्रकविका केही लोकप्रिय गीत र कविता वाचन गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेका रचनाले राष्ट्रिय भावनाको आवाज बोकेको र यो उमेरमा पनि उहाँको सक्रियताले साहित्य क्षेत्रले गौरवबोध गरिरहेको बताए । उनले कविवरको शताब्दी जन्मोत्सवलाई वर्षभरि मनाउन विभिन्न कार्यक्रम गरिने जानकारी दिए ।

झापामा विसं २०५६ मा स्थापित सो संस्थाको राष्ट्रकवि घिमिरेले नै उद्घाटन गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif