‘लिभिङ टुगेदर’ जोडीको भर आई–पिल चक्कीमा

प्रकाशित मिति: October 30, 2017 9:32 am

काठमाडौँ – ‘लिभिङ टुगेदर’मा रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) मा निर्भर हुने गरेका पाइएको छ । उनीहरूमा एउटै चाहना हुने गरेको छ– नियमित यौनसम्पर्क पनि गर्न पाइयोस्, अनिच्छुक गर्भ पनि नबसोस् ।’

असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ । विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्सक बताउछन् । आजको राजधानी दैनिकमा खबर छ ।

स्कुल र कलेजका छात्रा बढी
‘पछिल्लो समय ७२ घण्टे चक्की (आई–पिल) व्यापक दुरुपयोग भएको पाइएको छ,’ हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टर जडीबुटीकी मेडिकल निर्देशक एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मेनु आचार्य भन्छिन्, ‘यो चक्की प्रयोग गर्नेमा स्कुल र कलेजका छात्रा बढी पाइएको छ ।’

पोर्नोग्राफीको असर
सामाजिक सञ्जाल फेसबुक र युट्युबमा सजिलै हेर्न पाइने अश्लील चलचित्र (पोर्नोग्राफी) का कारण पनि विपरीत लिंगीबीच असुरक्षित यौनसम्बन्ध राख्ने क्रममा वृद्धि भइरहेको छ ।

नकारात्मक असर
हतार र असुरक्षित यौनसम्बन्धबाट बस्न सक्ने अनिच्छुक र अवैध गर्भ रोक्न एकै जनाले दुई दिनभित्र चारवटासम्म आई–पिल चक्की प्रयोग गर्ने गरेको पाइएको डा. आचार्य बताउँछिन् । ‘एउटामात्रै खानुपर्ने चक्की एकै व्यक्तिले चारवटासम्म खानु एकदमै हानिकारक हो,’ उनी भन्छिन्, ‘एकैपटक चारवटासम्म खाँदा यसले दीर्घकालीन रूपमा नकारात्मक असर पार्छ ।’

चक्की कसरी सेवन गर्ने ?
स्वास्थ्यकर्मी या चिकित्सकको परामर्शबिना यो चक्की प्रयोग नगर्न विशेषज्ञको सुझाव छ । असुरक्षित यौनसम्बन्धको शंका लागेमा ७२ घण्टाभित्र एकमात्र चक्की खाँदा महिनावारी नियमित हुने डा। आचार्य बताउँछिन् । ‘यसले पुरुषको शुक्रकीट र महिलाको डिम्बबीच मेल हुन दिँदैन,’ उनले भने, ‘पाठेघरमा गर्भ बस्दैन, त्यसैले आत्तिनु पर्दैन ।’

आई–पिल दुरुपयोगले भविष्यमा विवाहपछि उनीहरूमा बाँझोपन वा बच्चा जन्मिए पनि शारीरिक अपांगता जन्मिन सक्ने विशेषज्ञ बताउँछन् ।

महिलामा बाँझोपन
विशेषज्ञको परामर्शबिना परिवार नियोजनका अस्थायी या स्थायी साधन प्रयोग गरिँदा गर्भधारण गर्ने उमेरका ५ देखि ७ प्रतिशत महिलामा बाँझोपन पाइएको नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्याल बताउँछन् । उनका अनुसार आई–पिल चक्की परिवार नियोजनको अस्थायी साधन निलोकन चक्कीजस्तो नभएको र यसको दुरुपयोगले महिलाको प्रजनन हर्मोनमा प्रत्यक्ष असर गर्छ । ‘एउटा आई–पिल चक्कीको क्षमता आठवटा निलोकन चक्कीबराबर हो,’ उनले भने ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif