अभ्यास खेलमा नेपाली यू-१९ क्रिकेट टोलीले बंगलादेशलाई हरायो

प्रकाशित मिति: November 5, 2017 5:30 pm

 

कात्तिक १९ काठमाडौं- बंगलादेशसँग यू-१९ टिमसँगको तेस्रो अभ्यास खेलमा नेपाली यू-१९ क्रिकेट टोलीले ६ विकेटको जित हासिल गरेको छ ।

नेपाल यसअघिका दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा गत बिहीबार नेपाल तीन विकेटले हारेको थियो भने दोस्रो खेल शनिबार १२३ रनले पराजित भएको थियो ।

बंगलादेशले दिएको २२६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ४६.३ ओभरमै पूरा गर्‍यो । नेपाली ब्याट्सम्यानहरुको शानदार प्रदर्शन रहेको आजको खेलमा ओपनर आसिफ शेखले ९० रन बनाए । उनले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि आसिफले जितेन्द्र सिंहसँग मिलेर १३९ रनको ठोष साझेदारी गरेका थिए । सिंह ४५ रनमा आउट भएपछि आएका अनिल साहले १५ रनमात्र बनाउन सके । रोहित पौडेलले पनि नेपालको खातामा २५ रन थपे ।

कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ बलमा ३ चौकाको सहायताले २७ रजको अविजित पारी खेले । १० बलमा १३ रन बनाएका भीम सार्कीले छक्का प्रहार गर्दै नेपाललाई ६ विकेटको जित सुनिश्चित गरेका थिए ।

बलिङतर्फ बंगलादेशका रोनी हसन, काजी अनिक इस्लाम, शाखावात हुसेन र सइफ हसनले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेश यू-१९ ले निर्धारित ओभरमा ७ विकेट गुमाएर २२५ रनको योगफल बनँएको थियो । उसका लागि चौथो नम्बरका ब्याट्सम्यान अनिमुल इस्लामले सर्बाधिक ८० रनको अविजित पारी खेले । उनका अलावा मोहम्मद रकिवले ३९ र पिनाक घोषले २३ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका लागि शाहव आलमले ३ विकेट लिँदा अनिल साहले २ तथा कप्तान ऐरीले १ विकेट लिए ।

नेपाली र बंगलादेशी टोली आगामी कात्तिक २४ देखि मंसिर ३ सम्म मलेसियामा हुने एसीसी यू-१९ एसियाकपको तयारीमा छन् । प्रतियोगितामा दुवै टोली एकै समूहमा छन् । नेपाल र बंगलादेशका अलावा आयोजक मलेसिया र भारत समूह ए मा छ ।

नेपालले आफ्नो पहिलो खेल कात्तिक २५ गते बंगलादेशसँगै खेल्नेछ । दोस्रो खेल २६ गते साविक बिजेता भारतसँग र तेस्रो खेल २८ गते आयोजक मलेसियासँग खेल्नेछ ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif