सडक दुर्घटनामा दश व्यक्तिको मृत्यु

प्रकाशित मिति: November 6, 2017 6:14 pm

बिसकेक – काजकिस्तानको दक्षिणी क्षेत्रमा भएको सडक दुर्घटनामा कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ ।

सम्बन्धित कार्यालयले सोमबार सो जानकारी दिएको छ । जलालाबाद सहरको बिसकेक ओस राजमार्गमा ट्रक र कार एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको जनाइएको छ ।

सोमबार राति भएको यस घटनामा चार पुरुष, तीन महिला र एक छ महिने बालकको मृत्यु भएको सडक विभागका अधिकारीले जानकारी दिएका छन् ।

घाइतेमध्ये दुई व्यक्तिको अस्पतालमा मृत्यु भएपछि सो संख्या १० पुगेको छ । ट्रक चालकको लापर्बाहीको कारण सो घटना भएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif