रु दुई अर्ब लगानीमा रिउमा तटबन्ध

प्रकाशित मिति: November 14, 2017 12:48 pm

कात्तिक २८ चितवन- वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज र बस्ती जोडिएका ठाउँमा अत्याधुनिक मेसजाली लगाएर जनता र निकुञ्जबीच रहेको द्वन्द्व घटाइने बताएका छन् ।
माडीको ब्रह्मपुरीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले अब जनता निकुञ्जका जनावरबाट आजित हुन नपर्ने बताए ।
“माडीलाई सुन्दर पर्यटकीय नगरी र रिउ खोलामा बृहत् तटबन्धन गरेर पर्यटन मार्ग बनाइने छ”, उनले भने ।
उनका अनुसार रु दुई अर्ब रुपैयाँको लगानीमा रिउ खोलामा तटबन्धन गर्ने तयारी भइरहेको छ ।

चुनावको बेला मात्रै आउने उम्मेदवारलाई विश्वास नगर्न लोकतान्त्रिक गठबन्धनबाट चितवन–३ मा प्रतिनिधिसभा उम्मेदवार पाण्डेले आग्रह थियो । मन्त्री पाण्डेले भने, “जनताबाटै लुटेको रकम बाँड्नसक्छन्, पैसा लिनुहोस् तर भोट दिँदा विवेक पु¥याउनुहोस् । ”

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif