नेपाल अफगानिस्तानसँग पराजीत

प्रकाशित मिति: November 17, 2017 2:31 pm

 

मंसिर १, काठमडौँ – मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०।३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

अफगानिस्तानलाई जितका लागि १० रन मात्र आवश्यक भएको बेला वर्षाका कारण खेल करिब दुई घन्टा स्थगित हुनपुगेको थियो । नेपालले सबै विकेट गुमाउँदै २८ ओभरमा १०३ रन मात्र बनायो । नेपालका लागि अनिलले शाहले सर्वाधिक ५० रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमान एक्लैले ६ विकेट लिए ।

अफगानिस्तानको जीतमा सुरुवाती ब्याट्सम्यान रमानुल्लाह गुर्वाजले सर्वाधिक ७१, इक्रम अलीले १८, इब्राहिम अली खिलले १८ तथा दरबिस अब्दुल रसुल १२ रनमा अविजित रहे ।

नेपालका कमलसिंह ऐरी, पवन सर्राफ र सन्दिप लामिछानेले एक–एक विकेट लिए । फाइनलमा अफगानिस्तानले आइतबार पाकिस्तानको सामना गर्नेछ ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif