फेसबुकले प्रकाशको एकाउन्ट आफैं परिवर्तन गरिदियो, यसरी हुन्छ मृत्युपछि फेसबुक डिलिट…

प्रकाशित मिति: November 20, 2017 7:34 pm

काठमाडौं – फेसबुकले आइतवार निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुक आफै परिवर्तन गरिदिएको छ । फेसबुकले दाहालको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि ‘Remembering’ भन्ने शब्द हालिदिएको छ जुन मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफै देखिन्छ । साथै उनको प्रोफाइल माथि फेसबुकले ‘Remembering Prakash Dahal’ देखिएको छ, जहाँ (We hope people who love Prakash will find comfort in visiting his profile to remember and celebrate his life.) भन्ने संदेश देखाएको छ । फेसबुकले प्रयोगकर्ताको मृत्यु भईसकेपछि उसको एकाउन्टलाई आफै ‘memorialized accounts’ को रुपमा परिवर्तन गर्छ भन्ने कुरा यस कुराले प्रमाणित गरेको छ ।

प्रकाशको मृत्युको खबर कसरी पायो फेसबुकले ?

विश्वमा झन्डै आधा जनशंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भईरहेको हुन्छ । फेसबुक आफैले जो-जो प्रयोगकर्ता मर्छन, सबैको एकाउन्ट परिवर्तन गर्न भने सक्दैन । तर जो व्यक्ति मर्छ र उसलाई समवेदना भन्दै उसको फोटो सेयर गर्ने तथा फेसबुक मार्फत दुस्ख व्यक्त भएपछी फेसबुकले त्यस्ता व्यक्तिको एकाउन्टलाई‘memorialized accounts’ को रुपमा परिवर्तन गरिदिन्छ । प्रकाशको फेसबुक एकाउन्ट पनि यस्तै भएको हुनसक्छ ।

आइतबार मृत्यु भएका प्रकाश दाहालको फोटोहरु सामाजिक संजालमा हजारौं-लाखौँले श्रद्धान्जली दिंदै पोष्ट गरेको कारण पनि फेसबुकले उनको मृत्यु भएको भन्ने बुझेर उनको फेसबुक परिवर्तन गरेको हुन सक्छ । लगातार फेसबुकमा प्रकाश दाहालको फोटो हाल्दै उनको मृत्युबारे पोष्टहरु सेयर गरिएका थिए ।

माथिको बिषयलाई प्रमाणित गर्ने आधारहरु पनि छन् । फेसबुकको नीति अनुसार अब प्रकाश दाहालको फेसबुकको पासवर्ड कसैलाई थाहा छ भने पनि अन्य व्यक्तिले उनको एकाउन्ट खोल्न सक्दैन । किनकी फेसबुक पोलिसी अन्तर्गत ‘memorialized account’ को पाँचौं बुदामा यस्तो एकाउन्ट कसैले खोल्न नसक्ने कुरा उल्लेख गरिएको छ । प्रयोगकर्ता मरेपछि उसको फेसबुक एकाउन्टआई फेसबुकले आफैं ‘memorialized accounts’ बनाउँछ ।

मरेपछि पनि तपाइँको फेसबुक चलिरहन्छः

यदि तपाई आफु मरेपछि पनि फेसबुक चलिरहोस् भन्ने चाहानुहुन्छ भने Settings मा गएर Manage Account मा जानु पर्छ । त्यहाँ Choose a friend भन्ने अप्सन देखिन्छ । त्यहाँ तपाइले आफ्नो कुनैपनि साथीलाई एड गर्न सक्नुहुन्छ जसले तपाइ मरेपछि पनि तपाइको फेसबुक एकाउन्ट अपडेट गर्न सक्छ । Add मा क्लिक गरेपछि एउटा म्यासेज तपाइको साथीलाई जान्छ र उसले स्वीकृत गरेपछि तपाइको एकाउन्टमा तपाइको साथी जोडिन्छ । अब तपाइको त्यस साथीले तपाइँ मरेपछि पनि तपाइको फोटो अपडेट गर्न सक्छ । तर उसले तपाइको एकाउन्ट लगइन भने उसले गर्न सक्दैन । साथै पोष्टहरु सेयर गर्न पनि सक्दैन ।

मरेपछि तपाइको फेसबुक अफसेट डिलिट गर्न पनि सकिन्छः

यदि तपाइँ मरेपछि आफ्नो फेसबुक पनि डिलिट गर्न चाहानुहुन्छ भने तपाई Facebook एकाउन्टको Setting मा जानुहोस् । यहाँ तपाइले Manage Account अन्तर्गत legacy contact को अप्सन देख्नुहुन्छ । त्यसमा क्लिक गरेर तल्लोपट्टि Request Account Deletion देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् । अब Delete After Deathअप्सनमा क्लिक गर्नुहोस् । त्यसमा तपाइँ मरेपछि फेसबुकले तपाइको फेसबुकनै डिलिट गरिदिन्छ ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif