कान कुहिएकी महिलाको उद्धार

प्रकाशित मिति: November 25, 2017 6:58 pm

मंसिर ९, काठमाडौँ – मानवसेवा आश्रमले अत्यन्त कष्टपूर्ण जीवनयापन गर्न विवश एक महिलालाई काठमाडौं न्यू प्लाजा अगाडिबाट उद्धा गरी अस्पतालमा भर्ना गराएको छ ।

अन्दाजी ३५ वर्षीया उनको एकापट्टिको कान पूरै कुहिएर कीरा हिँडिरहेको थियो । महिलाका परिवार र आफन्तबारे केही खुल्न सकेको छैन ।
विसं २०८२ भित्र नेपालको कुनै पनि सडक किनारामा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने अवस्था सिर्जना गर्ने योजनानुसार आश्रमले देशव्यापी रुपमा सेवा गरिरहेको आश्रमका काठमाडौँ संयोजक सुमन बर्तौलाले जानकारी दिए ।

तीन सयभन्दा बढी वृद्धवृद्धाले हाल विभिन्न शाखामा सेवा लिइरहेका छन् । आश्रमबाट हालसम्म ७३० भन्दा बढी सडक किनारा एवं सार्वजनिकस्थलमा कष्टपूर्ण जीवनयापन गर्न विवश व्यक्तिले सेवा पाइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif