“बिकास र समृद्धि हाम्रै पालामा गर्न चाहन्छौ”

प्रकाशित मिति: November 30, 2017 8:57 pm

– सुरेश अधिकारी
लामो समय राजनीतिक अधिकार प्राप्तिको लागि लडाइ लडेको विद्यार्थी बर्गले कहिले राणा शासनका विरुद्धमा कहिले पन्चायती शाशनका विरुद्धमा कहिले विद्यार्थी अधिकार सुनिश्चितताको लागि त कहिले जनजिबिकाको जबालमा हुने अन्याय र अत्याचार को विरुद्धमा सडक आन्दोलन मा आफ्नो जिबनको अमुल्य समय र लगानी ब्यतित गरेको छ।

नेपाली राजनीतिक घटनाक्रमहरुमा आन्दोलनको मैदानमा विद्यार्थीहरु जहिले अग्रभागमा उभिएर नेतृत्व गरेका छ्न। आफ्नो जिबनको कुनै प्रवाह नगरी संघर्श लाई जीवन ठान्दै परिवर्तनको लागि धेरै लामो समय हामिले लडाइ लड्यौ। धेरै विद्यार्थी नेताहरु सहिद हुनु भो। धेरै घाइते हुनु भो । अब हामीले राजनीतिक अधिकार प्राप्तिको लागि लडाइँ लड्नु छैन लडाइ लड्नु छ त बिकास र समृद्धि को लागि ।
समानता युक्त समाजको निर्माण को लागि। बैज्ञानिक र ब्यबहारिक शिक्षा को लागी। लड्नु छ त गरिबी र बेरोजगारी समस्या समाधान को लागि।
आज हामी तेहि विद्यार्थी बर्गले गरेको त्याग र बलिदानलाइ न्याय दिलाउने बिन्दुमा छौ । हामीले साहस गर्नुपर्ने समय आएको छ।हाम्रो पुस्ता सम्म आइपुग्दा हामीले जति दुख पीडा र अन्याय सहनुपर्यो अब हाम्रो नयाँ पुस्तालाई सुन्दर नेपाल दियर हामी बिदा हुनुपर्ने मोडमा छौ ।

हो अहिले हामी नेपालको ७० बर्शको अन्तरालमा इतिहासकै सबैभन्दा महत्वपूर्ण सङ्घारमा छौ । मुलुक यतिबेला निर्वाचनको मुखमा छ। ३२ ओटा जिल्लामा निर्वाचन नै सम्पन्न भैसकेको छ।हामी तमाम युबा पुस्ता विद्यार्थी जमात ले महत्त्वपूर्ण निर्णय र साहस गर्नुपर्ने बिन्दुमा छौ हामी।

इतिहास को समिक्षा गर्दै सुन्दर भबिस्यको लागि नेपालमा कस्तो राजनीतिक प्रणाली को बिकास गर्ने त्यो आज हाम्रो हातमा आएको छ । नेपाल को बिकास र समृद्धि को साचो ५ बर्शको लागि कस्लाइ सुम्पिने त्यो हाम्रो हातमा छ। यो अमुल्य अबसरको हामिले अबमुल्यन गर्नेछैनौ हाम्रो निर्णय सहि ठाउमा हुनेछ र त्यो ठाउँ बामपंथी लाई अमुल्य मतदान हो।

बिगत २८ बर्षमा यो मुलुकमा २२ बर्ष काङ्ग्रेस ले विभिन्न समयमा सरकारको नेतृत्व गर्यो तर यति लामो समयमा न त मुलुकले कुनै प्रगती गर्न सक्यो न त कुनै परिवर्तनका आशाहरु नै देखापरे। जति परिवर्तनहरु देखिए आशाका किरणहरु पलाए ती सबै कम्युनिस्ट हरुको देन हो। चाहे मनमोहन सरकारको काम होस चाहे केपि ओलि सरकारको काम होस। आज बामपंथी हरु नेपालका कम्युनिस्ट शक्तिहरु एक भएर मुलुकको समृद्धि र बिकासको लागि मैदानमा छ्न।
यो देशले मागेको जनताले चाहेको नेपालमा स्थिर र बलियो कम्युनिस्ट को सरकार हो। त्यसैको लागि हामी तमाम बौद्धिक बर्गले फेरि पनि तेहि गल्ती गर्नेछैनौ ढुक्कका साथ सुर्य र गोलाकार हसिया हतौडामा मतदान गर्नेछौ र सबैलाई अपिल गर्नेछौ।

युबा विद्यार्थी को साथ प्रस्ट मिसन र भिजन का साथ मुलुक बनाउने महान अभियान मा लाग्नुभयका ओलि र प्रचण्ड लाई हुनेछ। हामी यो देशमा कम्युनिस्ट को स्थिर र बलियो सरकार हेर्न चाहन्छौ।

म विद्यार्थी नेताको हैसियतमा अपिल गर्न चाहन्छु दुइचार बोतल बियर र दुई चार चौटा मासुमा भुलेर अमुल्य मत खेर नफालौ दुई तिहाइ सहितको बहुमतको लागि बाम गठबन्धनका साझा उम्मेदवार लाई नै मतदान गरौं । यो नै हाम्रो जित अनि नेपाल र नेपाली जनताको लागि सबैभन्दा ठूलो न्याय र सम्मान हुनेछ।मलाई बिश्वास छ र गर्व पनि छ सायद इतिहास कै महत्त्वपूर्ण चुनावमा मतदान गर्दै छु र मेरो एक मतले मेरो मातृभुमिको भबिस्य निर्धारण हुँदै छ। तपाईं पनि मातृभुमिको भबिस्य निर्धारण गर्ने अमुल्य मत सुर्य र गोलाकार हसिया हतौडालार्इ दिनुस है।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif