गायिका बर्षाको “रातमै जुनतारा” सार्वजनिक….(भिडियो)

प्रकाशित मिति: December 2, 2017 9:55 pm

काठमाडौँ – चर्चित तथा लोकप्रीय दोहोरी गायिका बर्षा सिलवालको रातमै जुनातारा गीत बजारमा सार्बजनिक भएको छ बिशेष गरि काठ क्षेत्रमा तहल्का मच्चाउदै आएकी बर्षालाई २०७४ साल फापेको छ, उनको आफ्नो अनि अरुको गीतमा जति आवाज भरेकी छिन त्यो धेरै एल्बमहरु २०७४ सालमा नै सार्बजनिक भएका छन ।

नेपाली लोक संगीत क्षेत्रमा आफ्नो अलग छाप छोड्दै चर्चा बटुल्न सफल भएकी गायिका बर्षा सिलवाल र नब गायक रेल कुमार लामाको संयुक्त स्वर भरिएको लोकदाहोरी गीत म्युजिक भिडियो सहित बजारमा सार्बजनिक गरिएको छ । गायिका सिलवालको शब्द रचना रहेको गीतमा सुरज अधिकारीले लय शब्द भरेका छन् ।

नेपालि गीतसंगीतलाई आफ्नो कर्म अनि पेशा मान्दै निरन्तर सांगीतिक क्षेत्रमा लागिरहेकी गायिका बर्षा सिलवालले यस अघि थुप्रै गीतहरुमा स्वर भरिसकेकी छिन् भने शब्द संगीत रचना साथै गीतहरुमा अभिनय पनि गरिसकेकी छिन् । गायिका सिलवालले प्रायजसो गीतहरुमा लोकदोहोरी र काठे भाकाहरु गाउदै आएकी छन् ।पछिल्लो समय उनि अभिनय समेत गर्न थालेकी छिन ।

एक्सन फिल्मस प्रा.लि.द्वारा उत्पादित उक्त गीतको भिडियोमा दुर्गा श्रेष्ठले निर्देशन गरेका भने, युबराज खत्रीको छायांकन तथा सम्पादनमा चर्चित गायिका बर्षा सिलवाल र नब गायक रेल कुमार लामा आफैले नै अभिनय गरेका छन् । साथै कृष्ण दुलाल र लक्ष्मी लामाले अभिनयमा साथ दिएका छन। हालै मात्र एक्सन फिल्मस प्रा.लि ले आफ्नै युटुब बाट उक्त गीत सार्बजनिक गरेको छ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif