निर्वाचन ऐतिहासिक उपलब्धि : पूर्वप्रधानमन्त्री खनाल

प्रकाशित मिति: December 7, 2017 1:09 pm

मंसिर २१, इलाम – इलाम क्षेत्र नं १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताएका छन् ।

बिहीबार बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान गरेपछि सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै उनले संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भनेको बिहीबार हुँदै गरेको निर्वाचन हो, भने ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि देश विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा उन्मुख हुने बताउँदै नेता खनालले भने, “देश महत्वपूर्ण र समृद्धिको उन्मुख हुने चरणमा छ, निर्वाचन भएपछि देशमा विकासको मूल फुट्छ ।”

“इलामको क्षेत्र नं १ मा बिहानैदेखि मतदाता लाइनमा बसेर शान्तिपूर्ण रूपमा मतदान गरिरहेको देख्दा आफू ज्यादै हर्षित र गौरवान्वित भएको महसुश गरेको छ”, उनले भने, “यो निर्वाचन क्षेत्रमा वाम मोर्चाले सबै सिट जित्छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धन पहिलो हुन्छ ।” आफ्नो निर्वाचन क्षेत्रमा करिब १० हजार मतले आफूले विजयी हासिल गर्ने उनले दाबी गरे।

त्यस्तैगरी पूर्वसभामुख सुवास नेम्वाङले मतदाताले इलाम क्षेत्र नं २ बाट आफूलाई विजयी गराउने बताएका छन् । इलाम सदरमुकामस्थित बालमन्दिर मतदान केन्द्रबाट बिहान पहिलो मतदान गर्नुहुँदै नेता नेम्वाङले संविधानको सफल कार्यान्वयनको यो निर्वाचन निक्कै महत्वपूर्ण र ऐतिहासिक उपलब्धिमा रहेको प्रतिक्रिया दिए । निर्वाचनपछि मुलुक समृद्धितर्फ उन्मुख हुने उनको धारणा थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका दुई लाख चार हजार ४६ जना मतदाता छन् । जिल्लामा १४४ मतदानस्थलका २६६ मतदान केन्द्रमा अहिले शान्तिपूर्ण तवरले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif