एक सय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान

प्रकाशित मिति: December 7, 2017 3:04 pm

मंसिर २१, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया जंगलीदेवी चौधरीको मतदान गर्ने धोको पूरा भएको छ । उनले आज घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरेकी हुन् ।

उनका नाति जितबहादुर चौधरीले बोकेर उनलाई मतदान केन्द्रसम्म पुर्याई मतदान गराएका छन् । पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको वृद्धा चौधरीले बताए । “देशमा शान्ति आउनुपर्छ गरिब जनतालाई हेर्ने उम्मेदवारलाई मतदान गरेको छु”, उनले भनिन्, “कसैको दबाबमा नपरी मतदान गरेको छु ।”

उनी जस्तै १०५ वर्षको उमेरमा मतदान गर्न मतदान केन्द्रमा आइपुग्नुभएका तुलसीदेवी ऐरले विकास गरी देशलाई समृद्धिमा पुर्याउने उम्मेदवारलाई मतदान गरेको बताइन् । शुक्लाफाँटा नगरपालिका–११ को सरस्वती माविमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।

उनका नाति वीरेन्द्र ऐरले बज्यैले अन्तिम पटक मतदान गरी देशलाई गति दिने उम्मेदवारलाई मतदान गर्छु भन्ने हठ गरेपछि मतदान केन्द्रमा मोटरसाइकलमा बोकेर ल्याई मतदान गराएको बताए । सोही मतदान केन्द्रमा ११० वर्षीया जसुदेवी ऐरले समेत मतदान गरेकी छन् ।

मतदान गर्न आइपुग्नुभएका वृद्ध ऐरले वृद्ध भत्ता दोब्बर बनाउने अश्वासन दिएका उम्मेदवारलाई मतदान गरेको बताइन् । उनका बुहारी बिष्नादेवी ऐरले मतदान गर्न धेरै कर गरेपछि उनलाई मतदान गराउन ल्याइएको बताइन् । नगरपालिकाकै वडा नं १० मा रहेको श्रीकृष्ण माविमा रहेको मतदान केन्द्रमा दृष्टीविहीन ७० वर्षीय फक्का डगौराले समेत मतदान गरेका छन् । उनीलगायत तीनजना दृष्टीविहीनले मतदान गरेको मतदान अधिकृत हिक्मतराज जोशीले बताए । सोही केन्द्रमा क्रियापुत्री नेत्रराज जोशीले समेत मतदान गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif