ब्रेकिङ न्युज

इपिएल क्रिकेट – फाइनलमा विराटनगर र भैरहवा भिड्ने

प्रकाशित मिति: December 29, 2017 9:20 pm

पुस १४, काठमाडौँ – सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको अन्तिमचरणको खेल भोलि शनिबार हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्व टोली विराटनगर वारियर्स र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच हुने सो खेल हुँदै छ ।

विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछ्, जुन नेपाली क्रिकेट इतिहासमा नै सर्वाधिक पुरस्कार राशि हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा रु २० लाख पुरस्कार राशि थियो ।

बिहीबार भएको खेलमा भैरहवाले ललितपुर प्याट्रियट्सलाई तीन विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

यता विराटनगर भने जारी प्रतियोगिताको एक्लो अपराजित टोली हो । त्यस्तै भैरहवाले पनि विराटनगरबाहेक अरु सबै खेलमा जित हात पारेको छ ।

विराटनगरले समूह चरणमा ३५ रन तथा पहिलो क्वालिफायरमा ८ विकेटले भैरहवालाई पराजित गरेको थियो । अब फाइनल खेलमा भैरहवालाई विराटनगरसँग हारको बदला लिने अवसरसमेत हुनेछ ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif