ब्रेकिङ न्युज

विराटनगरले दियो भैरहवालाई १५० रनको लक्ष्य

प्रकाशित मिति: December 30, 2017 3:00 pm

पुस १५, कीर्तिपुर – कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा भैरहवाले १५० रनको लक्ष्य पाएको छ ।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोडेको छ ।

शरद भेषवाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडीयटर्सले अब फाइनल उपाधि चुम्नका लागि १५० रन जोड्नुपर्नेछ ।

विराटनगरका लागि अशुंमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले नौ रन बनाएका थिए ।

सुरुवातमा राम्रो प्रदर्शन गरेपनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो ।

भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुई/दुई तथा शरद भेषवाकर र आरिफ शेखले एक÷एक विकेट लिए ।

अहिले जवाफी ब्याटिङमा उत्रेको भैरहवाले १२ ओभरको खेल सकिँदासम्म २ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif