डुङ्गा दुर्घटनामा आठको मृत्यु

प्रकाशित मिति: January 1, 2018 5:09 pm

पुस १७, जकार्ता – इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार एक यात्रुवाहक डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । इन्डोनेसियामा भएको यो पछिल्लो भीषण दुर्घटना हो ।

इन्डोनेसियाको बोर्नेओ प्रान्तको तानजुङ सेलोरपारमा प्रवेश गरेको केही मिनेटमा नै दुर्घटना भएको जनाइएको छ । सो डुङ्गामा करिब ४५ व्यक्ति सवार रहेका र अझै कैयौँ बेपत्ता रहेका छन् ।

दुर्घटनापछि उद्धारकार्यको क्रममा ३३ व्यक्तिलाई नौसेनाले उद्धार गरेका बताइएको छ । हावाहुरीका कारण बाँकी यात्रुको उद्धारकार्यमा कठिनाई भएको जनाइएको छ ।

दुर्घटनाको कारण प्रष्ट हुन सकेको छैन । तर बेपत्ता भएका यात्रुको एकिन सङ्ख्या पत्ता लगाउने कोशिष भइरहेको वरिष्ठ सरकारी अधिकारी गुस्ती अन्वार मुल्यादीले बताउनु भएको छ ।

इन्डोनेसियामा करिब १७ हजार द्वीप क्षेत्र रहेका छन् । त्यसैले यहाँ बारम्बार डुङ्गा दुर्घटना हुने गरेको पाइन्छ ।

गत जुलाइमा पनि सोही मार्ग तराकानबाट तानजुङ सेलोरतर्फ गइरहेको एक डुङ्गा दुर्घटना हुँदा आठ जना यात्रुको मृत्यु भएको थियो ।

त्यसैगरी गत वर्षको जनवरी १ मा पनि नयाँ बर्ष मनाउन हिँडेका २३ जना यात्रु जकार्तामा डुङ्गा दुर्घटनामा परी मृत्यु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

माघ ४, काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको......

उर्जामा आत्मनिर्भर हुन ठोस योजना तर्जुमा गर्नुपर्छ :नेता रायमाझी

माघ ४, नेपालगञ्ज – नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीले उर्जामा......

Displaying hari-om.gif