मानव अंग प्रत्यारोपण केन्द्रले गरको कार्यको विरोधमा नर्सिङ एशोसिएसन द्धारा स्वास्थ्य मन्त्रालय घेराउ

प्रकाशित मिति: January 2, 2018 2:30 pm

पुस, १८ काठमाडौं ।

नेपालको भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट विगतका दिनमा नर्सहरुलाई निस्कासित गरिएको थियो ।उक्त निस्कासित भएका नर्सहरुलाई पुर्नबहाली गर्नु पर्ने माग राख्दै नेपाल नर्सिङ एशोसिएसनले  स्वास्थ्य मन्त्रालय घेराउ गरेको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रले निस्कासित गरेका दुई नर्स त्रजिना जति, सजना देउला लगायतका सात कर्मचारीलाई पुर्नबहालीको माग गर्दै नेपाल नर्सिङ संघको अगुवाईमा आयोजना भएको मन्त्रालय घेराउ कार्यक्रममा उपत्यकाका नर्सिङसम्बन्धी विभिन्न संघ संस्थाहरुले सर्मथन तथा सहयोग गरेका थिए ।


नेपाल नर्सिङ संघकी कार्यवहाक अध्यक्ष गंगा थापाका अनुसार विना गल्ती तथा मानव अंग प्रत्यारोपणले दुई नर्स त्रजिता, सजना लगायत डायलासिस कर्मचारीलाई अस्पतालबाट निश्कासन गरेपछि उनीहरुको पुर्नबहालीको माग गर्दै संघले आन्दोलन सुरु गरिएको बताईएको छ ।
आन्दोलनका क्रममा उनलाई पुर्नवहाली गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालय र संघबीच वार्ता हुने भनिएकाले थप आन्दोलनका कार्यक्रम तय नभइसकेको उनले बताएकि छन् ।
‘यसबारे आ ज ११ बजे वार्ता बस्ने भनिए पनि मध्यान्य पार हुन लाग्दा पनि वार्ताको प्रक्रिया अगाडी नबढेकाले गर्दा हामी अहिले स्वास्थ्य मन्त्रीसित भेट गर्ने क्रममा छौं । यसबारे स्वास्थ्य मन्त्रीबाट केही भनाई आएपछि आन्दोलनलाई कसरी अगाडी लैजाने भन्ने विषयमा केही टुङ्गो लाग्नेछ ।’उनले भनिन् ।

नर्सहरुको पुर्नबहालीका सम्बन्धमा मन्त्रालयस्तरमा दुईवटा कमिटी यस अघि नै गठन भईसके पनि पुर्नवहालीको माग पूरा नभएको उनको भनाई रहेको छ ।

उनका अनुसार केन्द्रले विभिन्न बहानामा अस्पतालमा कार्यरत सातजना कर्मचारीलाई पटक पटक गरी निश्कासन गर्नुका साथै उनीहरुलाई हप्तामा छ दिन काम गराएर ४ दिनको तलव दिएर श्रम शोषण गर्दै आएको थियो पनि खुलाईएको छ ।
त्यस्तै, कयौ नर्सहरुलाई स्वयंसेवीका रुपमा राख्नुका साथै तोकिएको पारिश्रमिक अनुसारको पैसा नदिने लगायतको काम गर्दै आएपछि आफ्नो आन्दोलन पश्चात केन्द्रले ती प्रवृति बन्द गरी हाल एक जना नर्सलाई मात्र स्वयंसेवामा खटाएको नर्स गंगाले खुलाएकी छन् ।


यता आन्दोलनबारे अस्पतालसित बुझ्न खोज्दा मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रतिक्रिया दिन अस्वीकार गरेका छन । उनले किन यसरि प्रतिक्रीया दिन नमानेका हुन त्यो त स्वयम श्रेष्ठलाइए नै थाहा होला ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

माघ ४, काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको......

उर्जामा आत्मनिर्भर हुन ठोस योजना तर्जुमा गर्नुपर्छ :नेता रायमाझी

माघ ४, नेपालगञ्ज – नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीले उर्जामा......

Displaying hari-om.gif