ब्रेकिङ न्युज

बसपार्कमा यात्रकालागी यस्तो नयाँ सेवा सुरु (पुरा पढ्नुहोस्)

प्रकाशित मिति: January 3, 2018 3:22 pm

पुस १९ ,काठमाडौं ।

लामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालकलाई लक्षित गरेर ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले नयाँ बसपार्कमा निःशुल्क परामर्श तथा स्वास्थ्य सेवा शुरु गरेको छ ।
अस्पतालले पाँचौँ वार्षिकोत्सवका अवसरमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सहकार्य गरेर बुधबार देखि उक्त स्वास्थ्य सेवा केन्द्र शुरु गरेको हो । सेवा केन्द्र शुरुवात सँगै बिरामीले प्राथमिक स्तरको स्वास्थ्यसेवा नयाँ बसपार्कबाट निःशुल्क पाउने भएका हुन  ।
उक्त सेवा शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ वसपार्कलाई नमूना बसपार्क बनाउनका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिले ग्राण्डी अस्पतालसँग मिलेर राम्रो कामको शुरुवात् गरेको भन्दै खुसि व्यक्त गरेका छन् ।
“ल्होत्से बहुउद्देश्यीय प्रालिसँग महानगरपालिकाले नयाँ वर्षपार्कलाई अत्याधुनिक बसपार्क बनाउने भनेर सम्झौता गरेको थियो, त्यो कुरा विस्तारै पूरा हुँदै गएको छ”, उनले भने, “प्रत्येक वडामा एक–एकवटा स्वास्थ्य क्लिनिक भए पनि यो सेवाले थप सहयोग पुग्ने छ । ”
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले यात्रु र चालकलाई लक्षित गरेर निःशुल्क सेवा दिएर राम्रो कामको शुरुवात् गरेको उल्लेख गरेका छन् । “अस्पतालले चालक र यात्रुलाई सेवा दिने उद्देश्यले गरेको कामलाई महासंघको भरपुर सहयोग रहन्छ”, उनले भने ।


अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले बिरामी भएर उपत्यका आउने बिरामीलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आकस्मिक स्वास्थ्यसेवा प्रदान गर्न लागिएको जानकारी दिएका हुन् ।
काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष खेम तिवारीले नयाँ बसपार्कलाई व्यवस्थित बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले पैसा कमाउनका लागिभन्दा पनि सेवा प्रदान गर्नका लागि उक्त केन्द्र स्थापना गरिएको र लामो समयसम्म सेवा प्रदान गरिने जानकारी दिए ।  स्वास्थ्य सेवा केन्द्रको स्थापनबाट बिरामीले सामान्य उपचार पाउनाका साथै रोगका बारेमा जानकारी पनि लिन पाउने भएका छन् ।

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी, हरेक साता सञ्चार भेटघाट गरिने

कात्तिक २६, काठमाडौँ – प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा......

काङ्ग्रेसका नेता उप्रेतीको ८४ वर्षको उमेरमा निधन

कात्तिक २६, काठमाडौँ – नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद......