ब्रेकिङ न्युज

शीतलहरका कारण कपिलवस्तुका सामुदायिक विद्यालय बन्द

प्रकाशित मिति: January 3, 2018 7:32 pm

कपिलवस्तु, १९ पुस – लगातारको शीतलहरका कारण बढ्दै गएको चिसोका कारण कपिलवस्तुका सामुदायिक विद्यालय पुस मसान्तसम्मका लागि बिदा भएका छन् ।

अर्धवार्षिक परीक्षा सम्पन्न गरी शैक्षिक क्यालेण्डरअनुसार नै जाडो बिदा गरिएको तौलिहवा स्रोत केन्द्रका स्रोत व्यक्ति ईश्वरचन्द्र गुप्ताले बताउनुभयो ।

वाणगंगा स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने आइतबारबाट विद्यालय बन्द हुने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक खिमबहादुर जिसीले बताउनुभयो । अधिक चिसो भएका कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न हुने भएकाले जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विद्यालय बन्द भएको विद्यालय निरीक्षक जिसीले बताउनुभयो ।

चिसोका कारण जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा निमोनिया, झाडापखालालगायत बिरामीको संख्यामा वृद्धि भएको जिल्ला अस्पताल तौलिहवाका मेडिकल सुपरिटेन्डेण्ट किशोर बन्जाडेले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif