समानुपातिकतर्फको परिणामका लागि कानुनी बाधा छ –निर्वााचन आयुक्त

प्रकाशित मिति: January 4, 2018 5:38 pm

पुस,२० काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता भएको छ । शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभा चुनाव सफल रुपमा सम्पन्न गरेकोमा बधाइ दिएकी छन् ।

 

अर्को प्रशङ्गमा जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मतपरिणाम संविधान र प्रचलित कानूनको मर्म र भावना अनुसार समयमै सम्बन्धित निकायमा पेश गर्नु उपयुक्त हुने सुझाव समेत दिएकी छन् ।
उनले प्रदेश प्रमुखको नियुक्ति नभएको अवस्थामा शपथ ग्रहण गराउने सम्बन्धमा पनि जिज्ञासा राखेकी छन् ।
भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने प्रदेशसभाको समानुपातिकतर्फ विजयी सदस्यहरुको सूची संशोधनका लागि दलहरुलाई समय दिइएको जानकारि गराएका छन् ।
साथै प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सिट संख्या तोकी दलहरूलाई पत्राचार गर्न आयोगलाई संवैधानिक एवं कानुनी अड्चन देखिएको बताएका हुन् ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

माघ ४, काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको......

उर्जामा आत्मनिर्भर हुन ठोस योजना तर्जुमा गर्नुपर्छ :नेता रायमाझी

माघ ४, नेपालगञ्ज – नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीले उर्जामा......

Displaying hari-om.gif