ब्रेकिङ न्युज

चोरिको घटना बढ्दै पार्कीङ् गरकै स्थानबाट यसरि भयो ट्याक्सी चोरि ।

प्रकाशित मिति: January 4, 2018 5:54 pm

पुस, २० काठमाडौं ।

काठमाडौंमा चोरीको घटना बढ्दै गएका छन् । पछिल्ला दिनहरुमा प्रहरी समक्ष ट्याक्सीदेखि गरगहना र ल्यापटपसम्म चोरी भएका उजुरी बाक्लै आउन थालेको प्रहरिले बताउदै आएको छ ।
यस्तै क्रममा काठमाडौंको तार्केश्वर नगरपालिका–८ का प्रदिप खत्रीको ट्याक्सी राति पार्किङ गरिराखेकै अवस्थामा चोरी भएको छ । उनको बा.१ ज २१५० नम्बरको ट्याक्सी लक गरी काठमाडौं–२६ गोंगबु मित्रनगर मैपी पुल नजिक सडकमा पार्किङ्ग गरी राखेको अवस्थामै चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


यस्तै, काठमाडौं महानगरपालिका–१६ ढल्कुस्थित शारदा पौडेलको घरमा नगदसहित सुनको गरगहना चोरी भएको छ । घरको मुलढोकाको ताल्चा फोडेर दराजमा रहेको नगद १ लाख रुपैयाँ र विभिन्न सुनका गरगहना समेत गरी करिब ३ लाख ६ हजार रुपैयाँ बरावरको धनमाल चोरी भएको जानकारिमा उल्लेख गरिएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित सानु श्रेष्ठको घरमा रहेको कार्गो कार्यालयबाट ताल्चा फोडेर करिब १ लाख ४० हजार रुपैयाँ मूल्य बरावरको २ थान ल्यापटप बिहीबार चोरी भएको छ ।
ट्याक्सी लगायतका धनमाल तथा चोरहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif