नेपाल भारत सिमामा सफाई अभियान सुरु

प्रकाशित मिति: January 5, 2018 7:13 pm

पुस २१ कपिलवस्तु, ।

कपिलवस्तुस्थित नेपाल–भारतको सीमानाका चाकरचौडा र अलिगडवा क्षेत्रको सरसफाइ अभियानमा भारत तथा नेपालका  प्रहरीले कम्मर कसेका छन् ।
शुक्रबार नेपालतिरको चाकडचौडा र भारततिरको अलिगडवाको सीमा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका जवानहरुले संयुक्तरुपमा सरसफाइ गरेका छन् ।


नेपाल–भारतको सीमा क्षेत्रमा फालिएको फोहोरको दुर्गन्धबाट नेपाली र भारतीय नागरिक प्रभावित भएपछि उनीहरुले सफाइ अभियान थालेका हुन् ।
फोहोरका कारण पर्यटक आवागमनमासमेत बाधा पुगेकाले सरसफाइ अभियान सञ्चालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले बताएका छन् ।

सशस्त्र प्रहरीको पहलमा सो क्षेत्रमा सफाइ अभियान थालिएको हो । दशगजा क्षेत्रमा फोहोर फाल्न नपाउने कानुनी प्रावधान भएपनि फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा पाएको स्थानीय गाउँपालिकाले यसमा ध्यान नदिएको स्थानीयको गुनासो रहदै आएको  छ  । सफाइ अभियानमा कपिलवस्तु र रुपन्देहीका सशस्त्र प्रहरी तथा भारतका सीमा सुरक्षा बलका जवान र स्थानीयसमेत गरी करिब २०० जना सहभागी रहेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

माघ ४, काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको......

उर्जामा आत्मनिर्भर हुन ठोस योजना तर्जुमा गर्नुपर्छ :नेता रायमाझी

माघ ४, नेपालगञ्ज – नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीले उर्जामा......

Displaying hari-om.gif