“निसान कप जुनियर फुटबल” पुस २८ देखि सुरु

प्रकाशित मिति: January 7, 2018 8:46 pm

काठमाडौँ – राष्ट्रिय संस्थागत विद्यालय संघ निसानले पुस २८ गतेदेखी “निसान कप जुनियर फुटबल” आयोजना गर्ने भएको छ । कार्यक्रम जोरपाटीमा रहेको रोयल्टी कलेजमा हुने जानकारी आज पत्रकार सम्मेलनमा दिईयो । संस्थाका अध्यक्ष ओम ढकालका अनुसार कार्यक्रममा राजधानीका २० भन्दा बढी बिद्यालयले प्रतिस्पर्धा गर्नेछन् । ७ ए साईड गेम नकआउट तबरले खेलाईने कार्यक्रम संयोजक राजेश घिमिरेले बताए।

पत्रकार सम्मेलनमा निसानका बरिस्ठ उपाध्यक्ष रामेश्वर चौलागाईं,निसानका महासचिव सौर्य आचार्य,कोषाध्यक्ष अमर गिरी र सदश्य नवराज सापकोटाको उपस्थिति रहेको थियो । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । प्रतियोगितामा कक्षा ६ सम्मका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने आयोजकले बताए ।

निसान संस्थागत विद्यालयको सबैभन्दा ठूलो संस्था मध्यको एक हो । कार्यक्रमको मिडिया पार्टनर आशाका किरण डट कम, गोकर्णेश्वर अनलाइन, फेवा टाईम्स, साझा पेज, पलपलको अनलाईन र ओएस नेपाल रहनेछ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

माघ ४, काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको......

उर्जामा आत्मनिर्भर हुन ठोस योजना तर्जुमा गर्नुपर्छ :नेता रायमाझी

माघ ४, नेपालगञ्ज – नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीले उर्जामा......

Displaying hari-om.gif