मानसिक अवस्था ठीक नभएका एक नेपाली भारतमा बेवारिस भेटिए

प्रकाशित मिति: January 9, 2018 9:19 am

पुस २५, बैतडी – भारतको बैङ्गलोरमा एक नेपाली वृद्ध सोमबार बेवारिसे अवस्थामा फेला परेका छन् ।

छोरासँगै दुई महिना अगाडि मजदूरीका लागि भारत गएका बैतडीको पुर्चौँडी नगरपालिका–६, भूमिराज तिरकाली घर बताउने ६० वर्षीय मन्नो साउद बैङ्गलोरको लालबाग गेटमा फेला परेका भारतबाट नरेश महराले टेलिफोनमार्फत जानकारी दिनुभयो ।

मानसिक अवस्था ठीक नभएका मन्नो दुई महिनादेखि घरपरिवारको सम्पर्क बाहिर रहेकामा बेवारिसे अवस्थामा फेला परेका हुन् । उहाँले भन्नुभयो, “घरपरिवार खोज्दै बेवारिसे अवस्थामा सडकमा देखा परेका मन्नोलाई हामीले नियन्त्रणमा लिएका हौँ ।”

मन्नो अहिले आफूहरुसँग रहेकाले उहाँलाई नेपाल पठाउन तयारी भइरहेको महराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल पठाउनलाई आर्थिक संकलनमा जुटेका छौँ ।”

सम्बन्धित शीर्षकहरु

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

माघ ४, काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको......

उर्जामा आत्मनिर्भर हुन ठोस योजना तर्जुमा गर्नुपर्छ :नेता रायमाझी

माघ ४, नेपालगञ्ज – नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीले उर्जामा......

Displaying hari-om.gif