ब्रेकिङ न्युज

दूधकोशीमा वडाध्यक्षका १४ वर्षीय छोरा बेपत्ता

प्रकाशित मिति: January 12, 2018 7:10 pm

पुस २८, खोटाङ – हलेसी चुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका छोरा १४ वर्षीय किरण दूधकोशीमा डुबेर बेपत्ता भएका छन् ।

साथीसँग माछा मार्न गएका किरण बिहीबार अपराह्नदेखि बेपत्ता भएका हुन् । घर नजिकै पर्ने दूधकोशीस्थित जोर्तीघाटमा माछा मार्न गएका समयमा कोशी तर्ने क्रममा डुबेर उनी बेपत्ता भएको स्थानीयवासीले बताएका छन् । ट्युबमा चढेर कोसी तर्दै गरेका किरण बीचमा पुगेर पल्टिएपछि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनको खोजीका लागि प्रहरी चौकी च्यास्मिटारबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । विद्यालय छुट्टी भएका समयमा दूधकोशी आसपासका बालबालिका नदीमा माछा मार्न जाने गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif