ब्रेकिङ न्युज

मेयरकप क्रिकेट : त्रिपुरा विजयी

प्रकाशित मिति: January 18, 2018 4:50 pm

माघ ४, बैतडी – दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिपुरा टिम विजयी भएको छ ।

दशरथचन्द नगरपालिका– ८ त्रिपुराले वडा नं ११ नागार्जुनलाई हराएको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा नागार्जुनलाई १०४ रनले हराएको हो ।

टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १९४ रन बनायो । एक सय ९५ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको नागार्जुन ९० रनमा समेटियो ।

शहीद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । टि–ट्वान्टी प्रतियोगिताको विजेताले रु ५० हजार तथा उपविजेताले रु ३० हजार पुरस्कार प्राप्त गनेछन् । प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका टिमको सहभागिता रहेको छ ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif