पोखरामा मंगलबार बाट आहा ! रारा गोल्डकप सुरु हुँदै

प्रकाशित मिति: January 22, 2018 5:18 pm

माघ ८ पोखरा ।

पोखरामा आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करण मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको तयारी पूरा भएको आयोजक सहारा क्लबले जानकारि दिएको छ ।

उद्घाटन खेलमा आयोजक सहारा र सुदूरपश्चिम स्पोर्टिङ क्लब भिड्नेछन् । प्रतियोगितामा तीन विभागीय टिम–त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी, दुई विदेशी टिम–बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाइटेड, मोफसलका टिम–धरान फुटबल क्लब, झापा–११ र ‘ए’ डिभिजनको संकटा क्लब गरी १२ टोलीले भाग लिनेछन् ।

विजेता टिमले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख ५१ हजार पाउनेछ । भीआइपी प्यारापिट भत्काइएकाले यो वर्ष दर्शक भने खाली चौरमा बस्नुपर्ने भएको छ । यो वर्ष भाग्यमानी दर्शकले टीभी र स्कुटर पुरस्कार पाउनेछन् ।

सम्बन्धित शीर्षकहरु

आफ्ना समर्थकलाई कुटिएपछि काठमाडौं आउन तयार भए डा. केसी

साउन ३, काठमाडौं – २० दिन देखि जुम्लामा अनसनरत रहेका डा. गोविन्द केसी काठमाडौं आउन भएका छन् । चिकित्सा......

अनसनरत डा. केसी काठमाडौं आउन मानेनन्

साउन ३, काठमाडौं – २० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन्। सरकारले......

Displaying hari-om.gif