हङकङको विश्व चर्चित नाइट लाइफ सेन्टर लेवनानी रेस्टुरेन्ट एन्ड बार बेरुतको स्वामित्व नेपालीको हातमा

प्रकाशित मिति: January 28, 2018 4:51 pm

माघ १४,

हङकङको विश्व चर्चित नाइट लाइफ सेन्टर लान क्वाइफोङमा २६ वर्षदेखि सञ्चालनमा रहेको लेवनानी रेस्टुरेन्ट एन्ड बार बेरुतको स्वामित्व नेपालीको हातमा परेको छ । करिब एक सय को हाराहारिमा रेष्टुरेण्ट तथा बारहरू रेहेको लान क्वाइफोङमा नेपालीको स्वामित्वमा करिब एक दर्जन रेष्टुरेण्ट रहेका छन्। नेपालीले यहाँ आफ्नो व्यवसाय विस्तार गर्ने क्रम तीब्र भइरहेको बेला लेवनानी रेस्टुरेन्ट एन्ड बार बेरुत पनि नेपालीकै स्वामित्वमा आएको हो ।

लान क्वाइफोङ स्थानीय व्यापारी र युवा वर्ग तथा पर्यटकका लागि निकै लोकप्रिय बन्न सफल भएको छ । हङकङ आउने विदेशी पर्यटक प्रायः रात्री जीवनको रमाइलो लिन लान क्वाइफोङ पुगेकै हुन्छन्। नेपालीको स्वामित्वमा आएपछि आईतबार लेवनानी रेस्टुरेन्ट एन्ड बार बेरुतको भब्यताका साथ उद्घाटन गरिएको छ। यो रेष्टुरेण्ट एन्ड बारमा ईश्वर गुरुङ, शिव गुरुङ (पप्पु) र भरत गुरुङले संयुक्त लगानी गरेका छन्।

उद्घाटनको क्रममा हङकङका नेपाली सामाजिक अगुवा र स्थानीय व्यावसायीको ठूलो भीड लागेको थियो। २३–३९ डी अगुइलर स्ट्रिटको पहिलो तलामा रहेको रेस्टुरेन्टभित्र ८० र कौशिमा २० गरी १०० जनाको सिटिङ क्षमता रहेको छ, जहाँ बिबाह, पास्नी, जन्मदिन, प्रीतिभोज, सेमिनार गर्न उपयुक्त रहेको सञ्चालकहरूले बताउने गरेका छन् ।

सन् १९९२ मा स्थापना भएको उक्त लेवनानी रेष्टुरेण्ट हङकङमा लेवनानी परिकारका लागि चर्चित रहेका रेष्टुरेन्ट हो । अब नेपाली व्यवस्थापनमा लेवनानी परिकार प्रमुख भएपनि नेपाली तथा थाई परिकार पनि सर्भ गरिने सञ्चालक ईश्वर गुरुङले बताएक छन् । ‘१६ वर्ष यही क्षेत्रमा बिताइयो, विदेशी पैसावालहरुले लगानी गरिदिन्छौं, तिमी रेष्टुरेण्ट चलाउ भनेर पटक पटक अफर गरे’, ईश्वर भन्छन ‘के टेन्सन लिनु भनेर वास्ता गरिएन, अहिले पश्चाताप लाग्छ।’
अहिले आएर ईश्वरलाई जोखिम मोल्न सकिएन भने व्यापार गर्न नसकिने रहेछ भन्ने महशुस भएको छ। ‘१६ वर्ष नोकरी गरेर पेट पाल्ने बाहेक अरुथोक गर्न सकिएन, तर जोखिम मोलेर व्यवसायमा लागेकाहरूले फड्को मारे’, उनी भन्छन् । श्रीमती १४ वर्षदेखि बार म्यानेजर नै रहेको र त्यो अनुभव पनि उपयोग हुने भएकाले किन आफैं सुरु नगर्ने भन्ने लागेर आँट गरेको ईश्वरको भनाइ रहेको छ। ‘साझेदारहरु पनि अनुभवी र इमान्दार भएकाले सफल नहुने अवस्था छैन’, ईश्वरले आत्मविश्वासका साथ भनेका छन् ।

सम्बन्धित शीर्षकहरु

डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ मा

फागुन ८, काठमाडौँ – अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख......

नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक

फागुन ८, रत्ननगर (चितवन) – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन......

Displaying hari-om.gif