अस्पतालमा सारिन ग्यास हमला भएकोप्रति अमेरिकी चासो

प्रकाशित मिति: February 2, 2018 9:58 pm

माघ १९, वासिङ्टन (संयुक्त राज्य अमेरिका) – अमेरिकाले सिरियाको विद्रोही नियन्त्रित क्षेत्रस्थित चट्टानमा बनेको एउटा अस्पतालमा शक्तिशाली हवाई हमलामा सारिन ग्यास प्रयोग भएको भन्दै यसप्रति चासो व्यक्त गरेको छ ।

अमेरिकी रक्षामन्त्री जेम्स माटिसले हमलामा हानिकारक ग्यास (सारिन)को प्रयोग भएको भन्ने खबर दुखद भएका बताउनुभयो ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्रस्थित चट्टानको २० मिटर तल बनेको एउटा अस्पतालमा शक्तिशाली हवाई हमलाले क्षति पुया¥एको अस्पताल स्रोतहरूले बताएका थिए ।

हामा प्रान्तस्थित उक्त अस्पताल देशको सबैभन्दा संरक्षित अस्पताल मानिन्थ्यो जहाँको सेवा बिहीवार यता अवरुद्ध भएको उनीहरूले बताएका छन् । उक्त हमलामा कुनै मानवीय क्षति भने भएको छैन तर सहायताकर्मीका अनुसार सिरियाको अस्पतालमा भएको हमला मध्येको यो सबैभन्दा नराम्रो हो ।

यसैबीच संयुक्त राष्ट्रसंघले सिरियाको घेराबन्दीमा रहेको क्षेत्रमा सहायता पुग्न नसकेको जनाएको छ ।

५० हजार विरामीलाई हेर्ने र एक महिनामै करिब १ सय ५० वटा ठूला अपरेसनहरू हुने उक्त अस्पतालमा ठूलो क्षति पुगेको अस्पताल श्रोतले जनाएको छ । यस बर्षको जनवरीमा मात्रै सिरियाका अस्पतालहरूमा पटक पटक हमला भएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ मा

फागुन ८, काठमाडौँ – अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख......

नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक

फागुन ८, रत्ननगर (चितवन) – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन......

Displaying hari-om.gif