ब्रेकिङ न्युज

यसरी पढ्ने बानी गर्नुहोस्, जसले गर्दा राम्रो नतिजा आउँछ !

प्रकाशित मिति: February 4, 2018 9:55 am

माघ २१, काठमाडौं – लगातार लामो समय एउटै पाठ रटेर पढ्ने गर्नु हुँदैन । रटेरभन्दा पनि हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ । यसो गर्दा मात्र सम्झन सजिलो हुन्छ ।जहिले पनि अध्ययन गर्दा शब्दलाई चित्रमा ढाल्नु प्रयास गर्नुपर्छ । यसरी पढ्दा हरेक कुरालाई फरक तरिकाले सोच्ने बानीको पनि विकास हुन्छ ।

कहिल्यै पनि निद्रालाई असर पुग्ने गरी अध्ययन गर्नु हुँदैन । शरीरलाई पूरा निद्रा आवश्यक हुन्छ । पूरा निद्रा नसुत्दा मस्तिष्कमा पनि खराब असर पर्न सक्छ । अलार्म प्रयोग गरेर उठ्ने बानी पनि बसाउनु हुँदैन ।

योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ । एक घन्टा पढेपछि करिब २० मिनेट आराम गर्नुपर्छ ।
विद्यार्थीले पालुंगोको साग, बदाम, ओखरजस्ता खाद्यपदार्थकोे प्रयोग गर्नुपर्छ । जसले स्मरणशक्ति बढाउन सहयोग पुर्याउँछ ।

सकेसम्म रातभन्दा बिहानमा पढ्ने बानीको विकास गर्नुपर्छ । रातिको समयमा अक्सिजनको मात्रा कमी हुँदै जाने भएकाले पढेको सम्झन गाह्रो हुन सक्छ ।

पढ्दा यस्तो नगर्नुस्
– सकेसम्म जंकफुड, रेस्टुरेन्टका खाना, सुपारीलगायतबाट टाढै रहनुपर्छ । यस्तो खाद्यपदार्थले स्मरणशक्ति कमजोर बनाउँछ ।

– निरन्तर नपढ्ने र ३० मिनेट पढ्दा १० मिनेट आराम गर्नुपर्छ ।

– कहिल्यै पनि मोबाइल साथमा राखेर सुत्नु हुँदैन । यदि नेटका लागि राउटर प्रयोग गर्नुहुन्छ भने अफ गरेर सुत्नुपर्छ ।

– ढाड सीधा गरेर पढ्ने गर्नुपर्छ ।

नयाँपत्रिकाबाट

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif