ब्रेकिङ न्युज

आयो अब क्यानसर बाट बच्ने सजिला ५ उपाय (पुरा जान्नुहोस् )

प्रकाशित मिति: February 4, 2018 1:08 pm

काठमाडौं – पछिल्ला एसमयम क्यान्सर एउटा ठुलो रोगको रुपमा नेपालमा बढिरहेको छ । यसलाई एक ज्यानमारा रोग वा एक निको नहुने रोगको रुपमा चिनिने गरेको छ । हुनत क्यान्सर आफैमा एक रोग भने होईन तर कुनै रोग लागे पछि निको हुँदैन जहाँ रोग प्रतिरोधात्मक क्षमता नभकाले गर्दा यसो हुने गर्छ ।यसलाईनै क्यानसर भनिन्छ । सही समयमा यसबाट बच्ने उपाय अपनाइएन भने यसले सिध्याइदिन्छ । स्वस्थ जीवनशैली अपनाएर पनि क्यान्सरको जोखिम कम गर्न सकिने अनुसन्धानहरूले देखाएका छन् ।
आईतबार वर्ल्ड क्यान्सर डे को अवसरमा भारतको जयपुरमा रहेको भगवान् महावीर क्यान्सर अस्पतालमा सर्जिकल अन्कोलोजी डिपार्टमेन्टका सिनियर कन्सल्टेन्ट डा नरेश लेडवानीले जीवनशैलीमा पाँचवटा परिवर्तन ल्याउँदा क्यान्सरबाट बच्न सकिने कुरा बताएका छन् ।
वैज्ञानिकहरूले लवाइ वा पहिरनबाट पनि छालाको क्यान्सरबाट बच्न सकिने बताएका छन् । नीलो र रातो कपडाले सेतो र पहेंलो कपडाको तुलनामा सूर्यको परावैजनी किरणबाट बचाउने कुरा अनुसन्धानले पनि देखाएको छ । त्यस्ता लुगा लगाउँदा छालाको क्यान्सरको खतरा घट्छ ।

चुरोट
तपाईं चुरोट पिउनुहुन्न भने आफूनजिक कुनै चुरोटे छ भने त्यसभन्दा पर बस्नुस् । अनि आफैं पनि चुरोट पिउने बानी छ भने छोड्नुस् । यसो गर्दा फोक्सो, गला, मुख, मूत्रथैली र घाँटीको क्यान्सरको खतरा घट्छ । निकोटिनमा चार हजारभन्दा बढी रसायन र ४३ किसिमका क्यान्सरजनक पदार्थ हुन्छन् ।

मासु पकाउँदा
अनुसन्धानहरूले देखाएअनुसार, मासुलाई उच्च तापक्रममा पकाउँदा त्यसमा भएको अमिलो एसिड टक्सिनमा परिवर्तन हुन्छ । बोसोलाई खुला चर्को आगोमा पकाउँदा क्यान्सरकारक तत्व उत्पन्न हुन्छ । खराब असरबाट बच्नका लागि मासु पकाउनुअघि त्यसमा चूक अमिलो छर्नुस् ।

कफी
एक दिनमा लगभग चार कप कफी पिउँदा मुखको क्यान्सरको खतरा ३९ प्रतिशतसम्म कम हुन्छ । दिनमा दुई कपभन्दा बढी कफी पिउने महिलाहरूलाई गर्भाशयको क्यान्सरको सम्भावना हुँदैन । कम्तीमा पाँच कप कफीले मस्तिष्कको क्यान्सरलाई ४० प्रतिशत कम गर्छ ।

ड्राईक्लीनर
ड्राईक्लीनरले कलेजो, मिर्गौला र रगतको क्यान्सर जन्माउँछ । ड्राईक्लीनमा प्रयोग हुने पर्कलोरोएथिलेन अर्थात् पीईआरसी सजिलै हावा, पानी, माटो, केही मानिसको रगत अनि स्तनको दूधमा सर्छ ।
वातावरण संरक्षण एजेन्सीले पीईआरसीलाई क्यान्सरकारी तत्त्वका रूपमा वर्गीकृत गर्नुपर्ने सुझाव दिएको थियो ।
एजेन्सी

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif