अनमोल र अदितिको यस्तो रोमान्स फोटो फिचर

प्रकाशित मिति: February 4, 2018 5:34 pm

 

काठमाण्डौ – आगमी शुक्रवार तथा माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’काृ हालै नयाँ गीत छायाङ्कन सकिएको छ । गत शुक्रवार रोमान्टिक गीत छायाङ्कनको लागी निर्माण युनिट स्कटल्याण्ड पुगेको थियो ।
स्कटल्याडमा गीत छायंकनका क्रममा खिचिएका केही तस्वीर हरुरु बाहिरिएका छन् ।
अनमोल र अदितिको रोमान्टिक तस्बिरहरु

कृ युनिट अहिले गीतको छायंकन सकेर नेपाल फर्किसकेको छ छायाङ्कनको क्रममा खिचिएको केही तस्बिरहरू अहिले मिडियामा बाहिरिएको छ । ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो स्कटल्याण्डमा ३ दिन लगाएर खिचिएको छ । गीतमा रोदित भण्डारीको स्वर तथा शब्द रहेको छ भने रोदित र विशेष पाण्डेको सङ्गीत रहेको छ।


चलचित्रमा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

गीतमा अनमोल केसी र अदिति बुढाथोकी फिचर रहेका छन्।विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायंकन गरेका हुन् । सुवास इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् रहेको छ। सुवास गिरि र भुवन केसीको लगानी रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्।

सम्बन्धित शीर्षकहरु

काङ्ग्रेसको कार्यालय भवन निर्माण

मङ्सिर २७, दमक – नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ । दमक–५ स्थित......

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ : उपप्रधानमन्त्री पोखरेल

मङ्सिर २७, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई/मधेश द्रुतमार्ग’को प्रवेशविन्दु......