श्वेता खड्काले गर्दैछीन् विषेश नाईट प्रोग्राम ।

प्रकाशित मिति: February 5, 2018 4:05 pm

 

काठमाण्डौ – नायिका श्वेता खड्का का श्रीमान् स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्वेता श्री फाउण्डेशनले स्व.अभिनेता श्रेष्ठकै सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन यही माघ २३ गते कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेट को आयोजना गर्ने भएको छ । दरबारमार्ग्स्थित होटेल अन्नपूर्णमा आयोजना हुने उक्त साँझमा कान्छी टिम सहित नेपाली फिल्म र साङ्गीतिक क्षेत्रका दर्जनौँ व्यक्तिहरूको सहभागिता रहने फाउण्डेशनकी अध्यक्ष श्वेता खड्काले बताएकी छन् ।


हामीले फिल्म र साङ्गीतिक क्षेत्रका सबै व्यत्तिलाई निमन्त्रण दिएका हौँ, श्वेताले भनिन आशा छ हाम्रो निमन्त्रणा लाई स्वीकार गरेर सबै जना उपस्थित भई कार्यक्रमको शोभा बढाउनु हुनेछ । कार्यक्रममा कान्छी अर्थात् श्वेता खड्का , अभिनेता दयाहाङ राई, सहित चर्चित गायिका अञ्जु पन्त, सङ्गीतकार तथा गायक राजनराज सिवाकोटी, हास्य कवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्री, गायिका माण्डवी त्रिपाठी, सङ्गीतकार तथा गायक अर्जुन पोखरेल, गायक धर्मेन्द्र सेवन, हास्य व्यांग्य कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपानेले विशेष प्रस्तुत दिनेछन् । कार्यक्रम लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गर्नेछन् ।

माझी बस्ती निर्माणमा सहयोग जुटाउन कान्छी म्युजिकल नाइट २०१८ तथा रेड कार्पेट को आयोजना गरिएको श्वेताले बताएकि छन् । फागुन ४ गतेदेखि प्रदर्शनमा आउने कान्छी को पनि यही अवसरमा सबैलाई जानकारी गराउँछौँ, श्वेताले भनेकि छन् ।

सम्बन्धित शीर्षकहरु

डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ मा

फागुन ८, काठमाडौँ – अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख......

नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक

फागुन ८, रत्ननगर (चितवन) – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन......

Displaying hari-om.gif