साम्राज्ञी माथि अनमोलको कडा ब्यंग्य…

प्रकाशित मिति: February 5, 2018 10:38 pm

काठमाडौं – प्रदर्शनको मिति नजिकिएसँगै बहुप्रतिक्षित चलचित्र ‘कृ’ को प्रचार प्रसार उत्कर्षमा पुगेको छ । सोमबार चलचित्र ‘कृ’ को दोस्रो गीत ‘मैले जानी नजानी’ बोलको गीत सार्वजनिक भएको छ भने सोही गीतमा फिचरिङ गरेका नायक अनमोल र अदिती मिडियाको अघि खुलेर सार्वजनिक भएका थिए ।

पत्रकारसँगको कुरकानीमा अहिलेका नेपाली सिने जगतका स्टारडम समेत रहेका अनमोलले आफ्नो कुनै नेपाली चलचित्रसँग प्रतिस्पर्धा भन्दा पनि अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा हुने जानकारी गराए ।

अनमोलले ‘कृ’ को प्रदर्शन पश्चात बक्स अफिस कलेक्सन भन्दा पनि आफ्नो क्यारेक्टरमा आउने क्रियाप्रक्रियालाई पर्खिरहेको बताए ।त्यस्तै, उनले आफ्नो चचित्रसँग बलिउड सिनेमाको प्रदर्शन जुधेर कुनैपनि असर नपर्ने पनि प्रष्ट पारे । नायक केसीले कार्यक्रममा सँगै बसेकी नायिका अदितीको मन खोलेर तारिफ गर्न पनि भ्याए भने अर्की नायिका साम्राज्ञीमाथि व्यंग्यवाण प्रहार गर्न पुगे ।

नायक केसीले साम्राज्ञीको भाइरल बनेको ट्याटु काण्डबारे व्यग्यात्मक अनविज्ञता समेत प्रकट गरे । त्यस्तै, नायिका अदितीले पनि ‘कृ’ को निर्माण टिमसँग आफ्नो कुनै असन्तुष्टि नभउको प्रष्ट पारिन् । उनले आफूले केही समय अघि गरेको पत्रकार सम्मेलन निर्माण टिमसँगैको सहमतिमा गरेको समेत जानकारी गराईन् । नायिका बुढाथोकीले अनमोलको क्रेजको कारण आफू छाँयामा पर्ने कुनै डर आफूलाई नभएको बताईन् । अनमोल र अदिती अभिनित बहुप्रतिक्षित चलचित्र ‘कृ’ माघ २६ देखि प्रदर्शन हुदैछ ।

सम्बन्धित शीर्षकहरु

डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ मा

फागुन ८, काठमाडौँ – अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख......

नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक

फागुन ८, रत्ननगर (चितवन) – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन......

Displaying hari-om.gif