२३ बर्ष पछि नेपाल आउन लागेका बलिउड नायक सलमानले लेखे यस्तो स्टाटस (पुरा पढ्नुहोस्)

प्रकाशित मिति: February 7, 2018 3:29 pm

काठमाण्डौ – बलिउड  नायक  सलमान खान फागुन २६ गते नेपाल आउने भएका छन् । केहीदिन अगाडि मात्र उनका भाई सोहेल खानले काठमाडौं आएर दाई सलमानको बस्ने र सुरक्षा व्यवस्थाको बारेमा सबै मेनेजमेन्ट मिलाएका थिए । ‘दबंग द टुर’ अन्तर्गत सलमान नेपाल आउन लागेका हुन् ।

सलमान खानले आफ्नो आधिकारिक फेसबुक पेजबाट ‘नेपाल हामीलाई ‘स्वाग से स्वागत’ गर्ने होइन ?’ भन्दै स्टाटस लेखेका छन् । उनको उक्त स्टाटसमा अधिकांश नेपाली फ्यानले कमेन्ट गरेका छन् । अझ धेरै त युवतीहरुले ।  उनको स्टाटसमा नेपाली फ्यानले ‘लभ यू सल्लु’, ‘यू आर अलवेज कम ईन नेपाल सल्लु भाई’, ‘वेलकम काठमाडौं, नेपाल’, ‘आपको स्वाग से स्वागत’, ‘वाउ वेलकम’, ‘वेलकम टू माई नेपाल माई हार्ट वी लभ यू’ जस्ता कमेन्ट लेखेका छन् ।

ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । सलमानको कार्यक्रम हेर्नका लागि २ हजारदेखि १० हजारसम्म टिकट मूल्य तोकिएको छ । फागुन २६ गते शनिवार टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’ मा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्ना्न्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पल पनि सहभागी हुनेछन् ।

कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् । सलमान झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् । आफ्नो फिल्मी करिअरको सुरुवातको समयमा उनी सन् १९९४ मा नेपाल आएका थिए ।

सम्बन्धित शीर्षकहरु

पदबहालीलगत्तै महिलामन्त्री पार्वत गुरुङको पहिलो कामः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

काठमाडौं – महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदबहालीकै दिन सुत्केरी हुन नसकी ज्यान......

महराद्धारा उच्च अदालतमा निबेदन दर्ता

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा......