श्वेता खड्का तथा कान्छी म्युजिकल नाईट कार्यक्रमका विषेश प्रश्तुती को एक झलक (भिडियो)

प्रकाशित मिति: February 7, 2018 4:49 pm

काठमाण्डौ –सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री’ फाउण्डेशनले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ मा वरिष्ठ नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठलाई ५१ हजार रकम सहित लाइफ टाइम एचिभमेन्टबाट सम्मान कार्यक्रम सम्पन्न भएको छ  ।  मंगलबार साँझ दरबारमार्गको होटल अन्नपूर्णमा आयोजित उक्त साँझमा फिल्मकर्मी, श्वेताश्री फाण्डेशनका सदस्यहरु, ‘कान्छी’ टिम र सञ्चारकर्मी गरि करिब ४०० को हाराहारि उपस्थित थिए ।

कार्यक्रममा हास्यकलाकार बसुन्धरा भूषाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियान्ता मेनुका थापालाई विशेष सम्मान गरिएको छ । अभिनेत्री भूषाल सम्मान ग्रहणपछि निकै भावुक भएक भएर आँसु समेत रोक्न सकिनन् । यस्तै, फिल्म सम्पादक भूपेन्द्र अधिकारी ले वेस्ट सम्पादको रुपमा सम्मान पाएका छन्। माझी बस्ती निर्माणमा सक्रिय रुपमा लागि परेका यज्ञाराज कार्कीलाई पनि प्रोत्साहन पुरस्कार  वितरण गरिएको छ ।
फिल्म ‘कान्छी’ को ‘चरी चट्ट परि’ बोलको गीतका गायक तथा संगीतकार राजनराज सिवाकोटीलाई विषेश पुरस्कार तथा सम्मान गरिएको छ । ‘चरी चट्ट’ गीतले एक करोड बढी भ्युज पाएपछि उनलाई बाइक उपहार दिइएको हो ।

‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ मा नायिका अशिष्मा नकर्मी, जेविका कार्की, नायक विनोद न्यौपाने, नायक तथा निर्देशक आकाश अधिकारी, नायिका मरिस्का पोखरेलले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।  हास्यकलाकार कलाकार जितु नेपाल  शैलेन्द्र सिम्खंडा र सन्दिप क्षेत्रीले कमेडी  रुपमा दर्शक हसाएका थिए । भने धर्मेन्द्र सेवन, युवराज चौंलागाईं र माण्डवी त्रिपाठीले ‘कान्छी’ को गीत गाएर दर्शक नचाएक थिए ।

बरिष्ठ अभिनेत्री भुवन चन्द, चैत्यदेवी सिंह, बरिष्ठ फिल्मकर्मी नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता दयाहाङ राई, पुर्व प्रधानसेनापति रुक्मान्द कटुवाल, डि.आइ.जी रमेश खरेल, तेक्वन्दो खेलाडी दिपक विष्ट, डा.भोला रिजाल लगायत वरिष्ठ व्यक्तिहरु ‘कान्छी म्युजिकल नाइट’ मा उपस्थित भएका थिए ।


श्वेताले सहभागी सबैलाई धन्यवाद दिदैं माझी बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति कृतज्ञता प्रकट गरिन् । श्वेताले निर्माण र अभिनय गरेको फिल्म ‘कान्छी’ फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

सम्बन्धित शीर्षकहरु

दशैँको बेला मोटरसाइकल दुर्घटना हुँदा एकको घटना स्थलमै मृत्यु, एक जना गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइकल......

अख्तियारको हिरासतभरि घुस्याहा कर्मचारी !

असोज ३०, काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले......