ओलम्पिकको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्दै

प्रकाशित मिति: February 8, 2018 12:31 pm

माघ २५ काठमाडौं ।

शीतकालीन ओलम्पिकको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ । उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रोअरी ८ मा सैन्य परेड आयोजना गर्दै आएको थियो ।

 

यद्यपी यसअघि यो वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो । तर, उत्तर कोरियाले यसअघिको यस्तो निर्णय परिवर्तन गर्दै पुनः सैन्य परेड गर्ने तयारी गरेको छ । उत्तर कोरियाले सैन्य परेडमाथि भइरहेका आलोचना खारेज गर्दै यसमाथि बोल्ने अधिकार कसैमाथि पनि नभएको टिप्पणी गरेको छ ।

विश्वका केही देशले उत्तर कोरियालाई सैन्य परेड नगर्न बरु ओलम्पिक खेलमा केन्द्रित हुन सुझाव दिएका थिए । दक्षिण कोरियाका सरकारी अधिकारीहरुले भने प्योङ्याङ बिमानस्थल नजिकै १३ हजार सेनाले २ सय उपकरणका साथ रिहर्सल गरिरहेको देखिएको भन्दै सैनिक परेडकै बेला मिसाइल परिक्षण गर्न सक्ने आंकलन पनि गरिएको छ । कोरियन पिपुल्स आर्मी स्थापनाको अवसरमा उत्तर कोरियाले हरेक सैन्य परेडका साथ विविध कार्यक्रम गर्ने गरेको छ ।(एजेन्सी)

सम्बन्धित शीर्षकहरु

डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ मा

फागुन ८, काठमाडौँ – अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख......

नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक

फागुन ८, रत्ननगर (चितवन) – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन......

Displaying hari-om.gif