मोरङमा रोजगारको वाटो युवा आफैले भेटाउदै के हो जान्नका लागि पुरा पढ्नुहोस्

प्रकाशित मिति: February 11, 2018 2:24 pm

 
माघ २८ पथरी ।
मोरङ राजघाटका हेमबहादुर चोङवाङले मिहिनेत गरे धेरै पैसा कमाउन विदेश जानु पर्दैन भन्ने उदारण बनेर गाँउलेलाईनै चकित बनाएक छन् ।
एउटा माउ भैँसीबाट पशुपालन शुरु गरेका उनले हिजोआज मासिक १ लाख ६० हजारको दूध र र वार्षिक एक सय ट्याक्टर गोबर बिक्री गर्दै आएका छन् । २०६७ सालमा एउटा माउ भैँसीबाट पशुपालन शुरु गरेका चोङवाङले अहिले दिनमा १२० लिटर दूध बिक्री गर्छन् । उनले वार्षिक रुपमा बिक्री गर्ने सय ट्याक्टर गोबरमल प्रतिट्याक्टर तीन हजार रुपैयाँका दरले बिक्री गर्दै आएको बताउछन् ।

चोङवाङले गाउँमा आफै रोजगारीको सिर्जना गर्ने विचारले कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गरेका थिए । उनले अहिले आफ्नै चार बिघा जमिनमा स्थापना गरेको पशुपालन केन्द्रमा पाँच जनालाई रोजगारी दिएका छन् । सो केन्द्रमा अहिले नौ वटा माउ भैँसी र पाँच माउ गाई छन् । व्यवसायलाई विस्तार गर्ने उद्देश्यले सातवटा बाच्छी र ६ वटा पाडी पालेका छन् । १० लाख रुपैयाँको लगानीमा शुरु गरेको व्यवसायमा हाल २० लाख रुपैयाँ लगानी पुगिसकेको चोङवाङको भनाइ छ ।

उनले मासिक रुपमा एक लाख ४० हजारको दुग्ध बिक्री गर्ने गरेको बताउँछन् । उनी मात्र होइन ३ वर्ष मलेसियामा काम गरेर फर्किएका मोरङ दर्वेशा–१ का अशोक सुवेदीले बाख्रापालन गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

 

 

दुईवटा बाख्राबाट बाख्रा फारम खोलेका सुवेदी परिवारले अहिले १०० वटा बाख्रा पालेका छन् । उन्नत जातका बाख्रा पाल्न शुरु गरेपछि सुवेदी परिवारको आर्थिक स्तरमा सुधार आएको छ । आफूले विदेशमा कमाउन नसकेको रकम हाल बाख्रापालनबाट मनग्य आम्दानी हुने गरेकाले अरूलाई पनि यही पेशा अपनाउन सुझाव दिने गरेको उनी बताउँछन् ।

सुवेदीले बाख्रापालन सँगै दुई जनालाई रोजगारीसमेत दिएका छन् । अरूले कृषि पेशा गरेको सुनेको आधारमा आफूले पनि व्यवसाय थालनी गरेका सुवेदीले फारमबाट उत्पादन भएको बोका–पाठीहरु तीन महिनामा बिक्री गर्ने गर्छन् । बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भए पनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ ।

उनीमात्र होइन जिल्लाका ४० युवा व्यावसायिक पशुपालन र दुग्ध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना–ठूला गरेर चारसय व्यावसायिक पशुफार्म सञ्चालित छन् ।

जिल्ला पशुसेवा कार्यालय मोरङका प्रमुख डा सुशील अधिकारीका अनुसार व्यावसायिक रुपमा १४३ वटा गाईको फार्म सञ्चालन गरिएको छ । त्यस्तै १४ भैंसी फार्म र पाँच पाडा–पाडीको फार्म दर्ता छन् । त्यस्तै मोरङ जिल्लामा ७० बाख्रा, ६४ बंगुर, २० कुखुरा र ४१ वटा मिश्रित फार्म दर्ता भएको छ ।

सम्बन्धित शीर्षकहरु

डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ मा

फागुन ८, काठमाडौँ – अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख......

नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक

फागुन ८, रत्ननगर (चितवन) – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन......

Displaying hari-om.gif