श्रीमानले आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु

प्रकाशित मिति: February 12, 2018 5:02 pm

माघ २९, काठमाडौँ – श्रीमान्बाट शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको आज मृत्यु भएको छ ।

धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमान्ले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए ।

आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

आयोजना पार्टीकरण गरियो : काङ्ग्रेस नेता महत

नारायणपुर, ३ माघ – नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन......

बस दुर्घटना अपडेट : सातको मृत्यु, ३१ घाइते, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

गलकोट, ३ माघ – म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा......