ब्रेकिङ न्युज

गीतकारको छबि स्थापित गराउदै संचारकर्मी घिमिरे

प्रकाशित मिति: February 12, 2018 7:38 pm

काठमाडौँ – बालापनमा धान कुटी मकै भुटी भन्दै हामी कैयौं ले मादल बजाउन प्रयास गरेक छौ होला। ताल काट्न नजानेर धान कुटी मकै भुटी भन्दै मादल बजाउने हामी सबैलाई त्यो बालापनको झल्को दिलाउने खालको एक गीत सार्वजनिक भएको छ । दीपेन्द्र घिमिरेको शब्दमा एस.डि योगी को संगीत रहेको गीत “धान कुटी मकै भुटी” को भिडियो सार्वजनिक भएको हो।

एस।डि योगी र श्रुती योगी को स्वर रहेको उक्त गीतको भिडियोमा भिमफेदी गाईज र बेबो आचार्य लाई फिचर गरिएको छ। निर्मल लामा (बीजी) को निर्देशन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्मा ले छायाङ्कन गरेका हुन भने सम्पादन प्रबिन श्रेष्ठ को रहेको छ। भिडियोलाई चन्द्र गौतम ले निर्माण गरेका हुन।

२०६५ साल बाट संचार कर्ममा लागेका घिमिरे पछिल्लो समय गीत लेखनमा अगाडि बढी रहेका छन। यस अघी घिमिरे कै शब्दमा मेलिना राईको स्वर रहेको गीत “तल्लाघरे साईला” सार्वजनिक भईसकेको छ। पछील्लो समय चलचित्र “लिलि बिलि” का लागि समेत गीत लेखेका घिमिरेले सार्वजनिक “धान कुटी मकै भुटी” गीत ले आफुलाई गीत लेखनको पाटोमा अगाडि बड्न मद्धत गर्ने बताए।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif