युवा पिढीलाई टार्गेट गरेर “ओ मेरी भ्यालेन्टाइन” सार्वजनिक

प्रकाशित मिति: February 12, 2018 7:52 pm

काठमाडौं – भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ ।

पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो । यहि सप्ताह चलिरहेको बेला अम्बिका गुरुङले नेपाली युवा पिढीलाई टार्गेट गरेर “ओ मेरी भ्यालेन्टाइन” बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।

गुरुङको शब्दमा रहेको उक्त गीतमा सनुप पौडेल र सुवेक्षा कोइरालाको आवाजमा रहेको छ भने संगीत प्रकाश लेप्चाले भरेका हुन ।
समन अधिकारीको निर्देशनमा बनाइएको भिडियोमा छायाङ्कन दीपेन्द्र,भुपेन्द्र र सरोजले गरेका हुन । भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ । भिडियोमा नरेन र सुप्रियाको रोमान्स देख्न सकिनेछ ।

सम्बन्धित शीर्षकहरु

डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ मा

फागुन ८, काठमाडौँ – अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख......

नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक

फागुन ८, रत्ननगर (चितवन) – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन......

Displaying hari-om.gif