ब्रेकिङ न्युज

राजपा संसदीय दलको नेतामा सोनल

प्रकाशित मिति: February 12, 2018 9:48 pm

माघ २९, महेन्द्रनगर (धनुषा) – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रदेश नं २ को प्रदेशसभा संसदीय दलको नेतामा जितेन्द्रप्रसाद सोनार (सोनल) लाई मनोयन गर्ने निर्णय गरेको छ ।

राजपाको अध्यक्ष मण्डलको बैठकले सो निर्णय गरेको जानकारी प्रेस विज्ञप्तिमार्फत गराइएको छ ।

राजपाको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा फागुन २ गते हुने प्रदेश २ को प्रदेशसभा सभामुखको निर्वाचनका लागि राजपाको तर्फबाट सरोजकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरिएको समेत उल्लेख गरेको छ ।

सम्बन्धित शीर्षकहरु

हेर्दाहेर्दै कर्णालीको पुलबाट एक युवकले नदीको बिचमा हामफाले ! हेर्नुहोस भिडियोमा

तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको “माप्चोचोङ्गो” नामको हिमनदीबाट निस्केर मान सरोवर ताल......

चितवन राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी......

Displaying hari-om.gif