ट्र्याक्टरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

प्रकाशित मिति: February 13, 2018 1:50 pm

फागुन १, जितपुर (कपिलवस्तु) – ट्र्याक्टरले ठक्कर दिँदा यहाँ गएराति एकजनाको मृत्यु भएको छ ।

बाणगंगा नगरपालिका–४, ट्यांकीपुरस्थित भित्री सडकखण्डमा गजेडाबाट ढुग्गातर्फ जाँदै गरेको लु ३ त ९१४१ नं को ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राति ८ बजे सामुदायिक अस्पताल ४ नं जितपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।

सम्बन्धित शीर्षकहरु

बजारमा मागभन्दा बढी इन्धन : निगम

काठमाडौँ, २९ असोज– नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन......

विधेयकको अभावमा काम अघि बढ्न सकेन : सचेतक ढकाल

बुटवल, २९ असोज – नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले कानून अभावका......