ब्रेकिङ न्युज

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

प्रकाशित मिति: February 27, 2018 3:29 pm

फागुन १५, सोल – दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उहाँले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ ।

यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उहाँलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् ।

पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ ।

सो मुद्दामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गत वर्षको मार्च महिनामा उहाँमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।

उक्त मुद्दाको सुनुवाई दक्षिण कोरियाको सर्वोच्च अदालतमा जारी छ । उहाँलाई गएको वर्षदिनदेखि प्रहरी हिरासदमा राखिएको छ ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उहाँलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उहाँ यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ ।

सम्बन्धित शीर्षकहरु

बलात्कारीलाई फाँसीको माग गर्दै पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन

भदौ, काठमाडौं । बलात्कारीलाई कडा सजायँको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले पेटीकोट लगाएर......

प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

भदौ २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश......