ब्रेकिङ न्युज

सिरियामा २५ नागरिकको मृत्यु, अधिकांश बालबालिका

प्रकाशित मिति: February 27, 2018 3:51 pm

फागुन १५, दामसकस – अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

अनुगमनकर्ताहरूले सोमबार दिएको जानकारी अनुसार आतंकवादी विरुद्ध भन्दै गरिएको आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो ।

इस्लामिक स्टेट (आइएस) लडाकूको पक्कड क्षेत्र मानिने उफ्राटेस नदीको किनारमा आईतबार हवाई आक्रमण भएको थियो ।

बेलायतको लण्डनमा कार्यालय रहेको अनुगमनकारी संस्थाले मारिएका मध्ये आधाभन्दा बढी बालबालिका रहेको जनाएको छ ।

सिरियाली राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले २९ जनाको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको समाचार प्रवाह गरेको छ ।

देर अजोरमा गत हप्ता पनि अमेरिका नेतृत्वको हवाई सेनाको आक्रमणमा परी १५ नागरिकको मृत्यु भएको सानाले जनाएको थियो ।

कुर्द नेतृत्वको प्रजातान्त्रिक शक्ति (एसडीएफ)लाई अमेरिका नेतृत्वको गठबन्धनको समर्थन रहँदैआएको छ ।

सम्बन्धित शीर्षकहरु

बलात्कारीलाई फाँसीको माग गर्दै पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन

भदौ, काठमाडौं । बलात्कारीलाई कडा सजायँको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले पेटीकोट लगाएर......

प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

भदौ २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश......