ब्रेकिङ न्युज

ठ्ट्यौली पाराको लोक दोहोरी गीत “चटक्कै” सार्वजनिक (भिडियो)

प्रकाशित मिति: March 8, 2018 1:17 pm

काठमाडौँ – काभ्रे संगम म्युजिक प्रालिको पहिलो प्रस्तुती लोकदोहोरी गीत “चटक्कै” युट्युब मार्फत् बजारमा आएको छ ।

ठ्ट्यौली पारामा प्रस्तुत उक्त दोहोरी गीतमा गायक किरण गौतम र गीतादेवीले स्वर दिएका छन् । किरण गौतमको लय शब्द रहेको उक्त गीतमा शंकर बिसी र शर्मिला राईले अभिनय गरेका छन् । विष्णु तामाङको एरेन्ज रहेको गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन, करण चैसिरले छायाँकन, मनोज कार्कीले सम्पादन र दृश्य निर्माण सुनाखरी मल्टि मिडिया फाउण्डेशन प्रा.लि.ले गरेको छ ।
युट्युब मार्फत् बजारमा आएको उक्त गीत निकै नै राम्रो रहेको काभ्रे संगम म्युजिक प्रालिका गणेश आचार्यले जानकारी दिए । उक्त गीतलाई युट्युबमा सर्च गरेर हेर्न र सुन्न सकिनेछ ।

सम्बन्धित शीर्षकहरु

बलात्कारीलाई फाँसीको माग गर्दै पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन

भदौ, काठमाडौं । बलात्कारीलाई कडा सजायँको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले पेटीकोट लगाएर......

प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

भदौ २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश......