ब्रेकिङ न्युज

अडिसनबाट छानिए चलचित्र “म्हेन्दू” को नायक, अब मुख्य अभिनेत्रीको अडिसन खुल्ला

प्रकाशित मिति: March 11, 2018 9:05 am

काठमाडौँ – चारओटा भाषामा डबिंग हुने नेपाली कथानक चलचित्र “म्हेन्दू”ले चलचित्रको मुख्य नायिका अडिसन मार्फत छान्ने भएको छ । बिश्वको सबै भन्दा अग्लो मानब बस्ती (उपल्लो डोल्पा) मा छायांकन गरिने चलचित्रका लागि मंगोलियन लुक्सको अभिनयमा दक्ष कलाकार चाहिएको निर्देशक देब नेपालले जानकारी दिएका छन् । चलचित्रका लागि नायिका बाहेकका मुख्य कलाकार भने अडिसन मार्फत छानिसकेका छन् ।
चलचित्र “म्हेन्दू” मार्फत नेपाली रजतपटमा नव नायक भोला तिमल्सिनाले डेब्यु गर्दैछन । संचारकर्मी एबम मोडल चन्द्रमणि मुडभरी , रमेश सोढारी, एस राज कुमार, बिन्दा थिङ्ग आदि कलाकार चलचित्रका लागि अडिसन मार्फत छानिसकेका छन् ।

“चलचित्रको नायिकाको लागि अभिनयमा दखल राख्ने मंगोलियन लुक्सको महिला कलाकारको लागि हामि अब अडिसनको तयारीमा छौ , नया पुराना जो कोहिले सम्पर्क राख्न सक्नुहुनेछ ” – निर्देशक नेपालले भने “तपाई हामीलाई फेसबुकमा चलाचित्रको आधिकारिक पेज Mhendoo – म्हेन्दू मा आफ्नो बायो डाटा, हालसालै खिचिएको फुलबर्डी फोटो र यस अघि गरेको कामको लिंक म्यासेज गर्न अथवा movie.mhendoo@gmail.com मा मेल वा सिधै ९८४१८१५११३, ९८५११६२३३८ , ९८४३१००२०७ मा फोन गर्न सक्नुहुनेछ । चैत १ गते सम्म आउने आबेदनलाई आधार मानी नायिका छानिनेछ ।

चलचित्र नेपाली, अंग्रेजी, जापानिज र रसियन भाषामा डबिंग गरि बिस्व बजारमा पुराईने निर्देशक नेपालले जानकारी दिएका छन् । मारोन मुभिजको ब्यानरमा बन्न लागेको चलचित्र करिब डेढ करोड बजेटको हुनेछ । अहिले चलचित्रको गीत रेकर्ड को कार्य धमाधम भैरहेको छ । चलचित्रमा संचारकर्मी सरोज कोइराला, बिमल डाँगी र कुमार लामा योञ्जनको संगीत रहेको छ । द्वन्द निर्देशक राजु किंरात पनि चलचित्रका लागि अनुबन्धित भैसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

बलात्कारीलाई फाँसीको माग गर्दै पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन

भदौ, काठमाडौं । बलात्कारीलाई कडा सजायँको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले पेटीकोट लगाएर......

प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

भदौ २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश......